Skip This
सोमबार, कार्तिक ३, २०८३

मिटरब्याजको चपेटामा परेर मोडल दिपाशा बिसीले आत्महत्या गरेको खुलासा

काठमाडौं– मोडल दिपाशा बिसी ‘जलपरी’ ले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् ।

उडुस मार्ने औषधि सेवन गरेकी दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले बुधवार राती नर्भिक अस्पताल पुर्याएका थिए। डाक्टरले आज दिउँसो उनलाई मृत घोषित गरेका हुन् ।

सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ । उनी कसरी आर्थिक समस्यामा परिन् भन्ने खुलेको छैन।

म्यूजिक भिडिओमा सक्रिय रहेकी उनी विदेशका स्टेज शोमा पनि जाने गरेकी थिइईन। उनी हालै मात्र क्यानाडा गएर आएकी थिइन्। दिपाशाले काठमाडौं मलमा ब्युटी पार्लर चलाउँदै आएकी थिइन् ।

कलाकारिताभन्दा बाहिरका पुरुषसँग प्रेममा रहेकी उनको केही महिनाअघि उनको ब्रेकअप पनि भएको थियो।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया 

  • २८ असार, २०८३

काठमाडौं , – चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि

मनोहर र मन्जुको स्वर रहेको ‘आउछु घर दशैमा’ सार्वजनिक

  • २३ असोज, २०८०

यसबर्षको दशैं र तिहारलाई लक्षित गरी गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको ‘आउँछु घर दशैंमा’ सार्वजनिक भएको छ। भण्डारीकै शब्द तथा

१४ देशका ४० जना कलाकार किन जम्मा भएका छन् दिक्तेलमा

  • १८ असोज, २०८०

दिक्तेल– खोटाङको दिक्तेलमा १४ देशका ४० कलाकार जम्मा भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने

↑