Skip This
सोमबार, कार्तिक ३, २०८३

खाँदबारीमा फागुन १५ देखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

संखुवासभा– कोशी प्रदेश खेलकुद विकास बोर्डले संखुवासभाको खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रतियोगिता फागुन १५ देखि हुने जिल्ला भलिबल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए।

जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा हुन लागेको प्रतियोगितामा सातवटा प्रदेशका एक÷एक प्रदेश टिम, नेपाल आर्मी, एपीएफ र नेपाल प्रहरी टिमसहितको १० टिमको सहभागिता रहने छ। 

प्रतियोगिताको प्रथम, द्वितिय, त्रितिय र चौथो हुने टिमलाई नगद ३ लाख, १ लाख ५० हजार, ५० हजार र ३० हजार रुपैयाँका साथमा ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष घिमिरेले बताए। 

त्यसैगरी सर्वोत्कृष्ट पुरस्कार नगद २५ हजार र उत्कृष्ट ५ विधाले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगितामा कुल ४२ लाख खर्च हुने जनाइएको छ। 

प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारले नगद २० लाख रुपैयाँ सहयोग गर्ने संघका अध्यक्ष घिमिरे जानकारी गराए। बाँकी रकम स्थानीय पालिका, संघसंस्था र विभिन्न दाताहरूसँग सहयोग संकलन गर्ने लक्ष्य रहेको जिल्ला भलिबल संघले जनाएको छ। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, इङ्गल्याण्डसँग भेट पक्का

  • २८ असार, २०८३

 काठमाडौं ,–  साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाको भेट इङ्गल्याण्डसँग हुने पक्का छ

दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु

  • १० पौष, २०८२

विराटनगर – मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनेष थापाको मृत्यु भएको छ ।  विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापाको बिहीबार

पर्शुराम वस्नेतलाई मुख्यमन्त्री कार्कीको २४ घण्टे स्पष्टिकरण

  • २३ बैशाख, २०८१

विराटनगर– कोशी प्रदेशको खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण बस्नेत) लाई मुख्यमन्त्री केदार कार्कीले २३ वैशाखमा २४ घण्टे

↑