जनकपुर– रौतहट प्रहरीले स्रोत नखुलेको साढे ४ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको सितामढी बैरगनिया–८ असोगीका ४७ वर्षीय प्रदीपकुमार बर्मालाई प्रहरीले गौर नगरपालिका–२ स्थित भन्सार ईलाकाबाट पक्राउ गरेको हो।
नेपाल प्रवेश गरेको बर्मा सवार बिआर ३० एसी ७९१४ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ लाख ४० हजार स्रोत नखुलेको रकम बरामद भएको थियो।
सशस्त्र प्रहरी रौतहटका एसपी बिक्रम हुमागाईंका अनुसार उक्त रकम मोटरसाइकलको भाईजरभित्र लुकाईएको थियो। मोटरसाइकल र पक्राउ परेका बर्मालाई कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाएको हुमागाईंले बताए।
लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ
विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न
गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट
प्रतिकृया दिनुहोस