Skip This
सोमबार, कार्तिक ३, २०८३

इरानमा पक्राउ परेका अमृत झा अझै रिहा भएका छैनन

रिहाइ प्रक्रिया जारी छ  परराष्ट्र मन्त्रालय 

काठमाण्डौ ,– इरानमा पक्राउ परेका उदयपुरको गाईघाटका नेपाली युवक अमृत झाको रिहाइ प्रक्रिया जारी छ । स्थानीय अदालतबाट रिहा आदेश पाएपछि उनको प्रक्रिया अघि बढेको हो ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र मन्त्रालयले २ वैशाखमै झा रिहा भएको जानकारी दिएका थिए । स्थानीय अदालतबाट रिहाइका लागि आदेश भएको र सोही आधारमा उनी रिहा भएर इरानको केश्म आइल्यान्ड (समुद्री टापु) मा सुरक्षित रहेको बताएका थिए । तर, उनी अझैसम्म रिहा भइ सकेका छैनन ।
अदालतको आदेशपछि रिहाइ प्रक्रियामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अदालतको आदेशपछि रिहाइ प्रक्रियामा रहेको र मन्त्रालयले आवश्यक समन्वय गरिरहेको बताए ।
उनीहरूको जहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै इरानको होर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुल्युसनरी गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनीसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 तिलबारीकी दलमायालाई दसैमा नयाँ घर

  • २९ असोज, २०८३

गाईघाट(उदयपुर), – परदेशीएका दयालु मनका धनीले उदयपुरको त्रियुगा नगरपालिका–७ तिलबारीकी ७६ वर्षीया दलमाया रिखाम मगरलाई दसैँमा नयाँ घर उपहार दिएका छन

समुद्री नाकाबन्दी नरोकिए विश्वको तेल आपूर्तिमा गम्भीर असर पार्ने इरानको चेतावनी

  • १६ श्रावण, २०८३

काठमाण्डौ, – अमेरिकाद्वारा आफ्ना दक्षिणी बंदरगाहहरूमा लगाइएको समुद्री नाकाबन्दी जारी रहेमा त्यसले विश्वभरको ऊर्जा तथा तेल आपूर्तिमा गम्भीर असर

इरानका १४० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी

  • २८ असार, २०८३

 काठमाडौं, – अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणपछि इरानले मध्यपूर्वका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य अखडामाथि मिसाइल र ड्रोन

↑