Skip This
सोमबार, कार्तिक ३, २०८३

कांग्रेसद्धारा उदयपुरको बेल्टारमा रक्तदान

बेल्टार(उदयपुर),– नेपाली कांग्रेसको ‘एक महिने जरामा जाऔँ अभियान’ अन्तर्गत आइतबार उदयपुरको बेल्टारमा रक्तदान कार्यक्रम गरिएको छ । पार्टीको संगठन सुदृढीकरणसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै रक्तदान गरिएको हो ।
नेपाली कांग्रेस उदयपुर निर्वाचन क्षेत्र नं. १ ले रक्तदान कार्यक्रममार्फत पार्टीले जनस्तरसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने प्रयास गरेको जनाएको छ । अभियान केवल सदस्यता अद्यावधिकमा सीमित नभई समाजप्रति पार्टीको दायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको क्षेत्रीय सभापति खगेन्द्र राईले वताए ।
सभापति राईका अनुसार केन्द्रीय समितिको निर्णयअनुसार अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, संगठनको समीक्षा, जनतासँग प्रत्यक्ष संवाद, युवासँग अन्तरक्रिया तथा पार्टीबाहिर रहेका शुभेच्छुकहरूसँग सम्बन्ध विस्तार गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ ।
“रक्तदान जीवनदान हो भन्ने भावनाका साथ हामीले सामाजिक सेवामार्फत जनतासँग अझ नजिक हुने प्रयास गरेका छौँ,” सभापति राईले भने ।
पार्टीका नेता–कार्यकर्ता, युवाहरू तथा स्थानीय सर्वसाधारण समेत ५० जनाले रक्तदान गरे । पछिल्लो समय अस्पतालहरूमा रगत अभाव भइरहेको अवस्थालाई यसरी रक्तदान गरिदाँ बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जिल्ला अस्पताल उदयपुर गम्भीर सकटमा 

  • ३१ जेठ, २०८३

गाईघाट(उदयपुर),–  कोशी प्रदेशको उत्कृष्ट अस्पतालमा सूचिकृत जिल्ला अस्पताल उदयपुर अहिले गम्भीर संकटमा छ । आधारभूत सामग्री, उपकरण र प्रशासनिक

देउरी स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नती, मेयरले गरे उदघाटन

  • ३ असोज, २०८१

गाईघाट– उदयपुरका त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरन्नोती भएको छ। नगरपालिकाकै लगानीमा संचालित स्वास्थ्य चौकीलाई

कोशी अस्पतालमा क्यान्सरको उपचार गर्न भक्तपुर अस्पतालसँग सम्झौता

  • १३ भदौ, २०८१

विराटनगर– विराटनगरको कोशी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा विस्तार गरिने भएको छ। सेवा विस्तारका लागि भक्तपुरको क्यान्सर अस्पतालसँग सम्झौता

↑