गाईघाट(उदयपुर),– त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार १७औ नगर सभामा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगर सभाको बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौँ योजना, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम, दिगो विकास लक्ष्य तथा संघ र प्रदेश सरकारले जारी गरेका नीति, कानुन र मापदण्डलाई आधार बनाइएको छ । सभामा प्रस्तुत बजेट कुल अनुमानित आय १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
जसअन्तर्गत आन्तरिक स्रोतबाट १६ करोड ५० लाख ६५ हजार, राजस्व बाँडफाँटबाट २३ करोड ४६ लाख ६१ हजार २ सय ३८, प्रदेश सरकारको चालुतर्फको सशर्त अनुदानबाट ५ करोड ४६ लाख २४ हजार तथा पुँजीगत समानीकरण अनुदानबाट २ करोड ३ लाख ४५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी संघीय सरकारबाट ८५ करोड ८१ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । मूल्य अभिवृद्धि करबाट १५ करोड १० लाख ९६ हजार, अन्तःशुल्कबाट ६ करोड ४७ लाख ५६ हजार, सवारी साधन करबाट १ करोड ८७ लाख ९९ हजार २ सय ३८ तथा चालु आर्थिक वर्षको मौज्दात ५ करोड ४९ लाख ८८ हजार ७ सय ६२ रुपैयाँसमेत समेटेर कुल बजेट प्रस्तुत गरिएको हो ।
सभामा नगर प्रमुख बसन्त बस्नेतले आर्थिक विकासतर्फ कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । उनले कृषि विकास रणनीतिक योजना अनुसार नगर कृषि विकासका कार्यक्रम तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिने वताए ।
नगर प्रमुख बस्नेतका अनुसार आगामी आर्थिक वर्षको बजेटले कृषि, पूर्वाधार विकास, सेवा प्रवाह सुधार, रोजगार सिर्जना तथा समग्र नगरको दिगो विकासलाई प्राथमिकतामा राखिएको छ ।
बेल्टार(उदयपुर), – चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब ३७ करोड ९ लाख ५ हजार २ सय १२ रुपैयाँ े बजेट सार्वजनिक गरेको छ ।
विराटनगर, – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा
काठामाडौं, – राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन । उनलाई ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय
प्रतिकृया दिनुहोस