Skip This
सोमबार, कार्तिक ३, २०८३

घामपानी

प्रिय घाम ,
कहिलेकाहीँ त तिमी रिसाएर चर्किएको राम्रो  !

जब तिम्रा रापिला किरण
मेरा उन्नत लहरमा पर्छन् 
वाष्पित् भई तानिन्छु तिमीतिरै
जति चर्किन्छौ त्यति नै गुटमुटिएर 
हो तिम्रै कारण 
म कञ्चन बादल बन्ने सौभाग्य पाउँछु 
र , तिम्रै कारण वर्षिने अहोभाग्य  ।

यस्तै होस् सम्बन्ध त हर कोहीको  
घाम रिसाउँदा मेटिएको मेरै अस्तित्व झैं 
बरु बदलिएर म जमे कहीं 
उडें कहिले रङ्ग बदलेर  
तर छोडिन खस्न पुनः धरतीमा
बरु सहस्र छरेर अमित कनिका 
म बनाउछु चराचर हराभरा । 

तिम्रो तापको क्षेप्यास्त्रले उल्टै तानिएका
मेरा ओसिला वाष्पकणहरूलाई
लपेटेरै बाहुमा, तिमीले जिस्क्याइरहँदा
म रोक्न खोज्छु, तिम्रो धरती छिर्ने बाटो 
तिमी मेट्न खोज्छौ, मेरो अर्को अस्तित्व !
तिमीसँगको क्षणिक रस्साकस्सिको असर
सप्तरङ्गि भई कोरिन्छ आकाशको छातिमा 
हुँकार गर्जनले थर्किन्छ जगत
र पनि ! मै खसिरहन्छु
कतै खसें र अडें, हिमशैल अग्ल्याउँदै
कतै खसेर बगे, माइती देश पहिल्याउँदै

ओ घाम !
हाम्रो युद्वका असरहरू 
खुल्ला आकाशको इन्द्रेणी 
धरतीको हराभरा 
हिउँ, असिना र बर्षा 
मनोहर र रङ्गिन भएरै रहुन् 
जुगौ जुग ! सृष्टिको अनन्तसम्म  । 

गज्जब त यो पनि लाग्छ !
ब्राह्माण्डको महाराज तिमी 
गुरुत्वको केन्द्रविन्दु तिमी 
तिमी शक्तिपुञ्ज भयङ्कर !  
जो बिना जगतको कल्पना नै छैन 
तर हर साँझ तिमी महाप्रस्थानमा
मेरै फुलेको शीर मुसारेर जान्छौ
अनि हर बिहानीको पुनर्जन्ममा
मेरै गर्भबाट उदाउँछौ !

                               –  सुनामी
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सञ्चारकर्मी वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक

  • ११ भदौ, २०८०

सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ आइतबार  युट्युबमार्फत सार्वजनिक गरिएकोछ।  नेपाली मौलिकतालाई समेटेर तयार गरिएको

कविता– ‘प्रिय परदेशी’

  • २४ कार्तिक, २०७८

दुई जोर नयनले एकैसाथ चिहाएको स्वर्णिम अन्तु सम्झिँदै  नियाल्दा हुन् नयन तिम्रा यो पूर्वी प्रभातको झिसमिसेमा रेगिस्तानको वाफिलो क्षितिज चुहिएर

सनातन र नारी अस्तित्व ! 

  • १० कार्तिक, २०७८

हिन्दु सनातनको पितृ सम्झिने यी पुण्य दिनहरूमा   कसरी नसम्झिरहन सक्छु र आमा !  तिम्रो गर्भाशयबाट झाँगिएर  पत्थरचट्टाको पातले जरा छोडे झैँ

↑