बेल्टार(उदयपुर),– नेपाली कांग्रेसको ‘एक महिने जरामा जाऔँ अभियान’ अन्तर्गत आइतबार उदयपुरको बेल्टारमा रक्तदान कार्यक्रम गरिएको छ । पार्टीको संगठन सुदृढीकरणसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै रक्तदान गरिएको हो ।
नेपाली कांग्रेस उदयपुर निर्वाचन क्षेत्र नं. १ ले रक्तदान कार्यक्रममार्फत पार्टीले जनस्तरसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने प्रयास गरेको जनाएको छ । अभियान केवल सदस्यता अद्यावधिकमा सीमित नभई समाजप्रति पार्टीको दायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको क्षेत्रीय सभापति खगेन्द्र राईले वताए ।
सभापति राईका अनुसार केन्द्रीय समितिको निर्णयअनुसार अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, संगठनको समीक्षा, जनतासँग प्रत्यक्ष संवाद, युवासँग अन्तरक्रिया तथा पार्टीबाहिर रहेका शुभेच्छुकहरूसँग सम्बन्ध विस्तार गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ ।
“रक्तदान जीवनदान हो भन्ने भावनाका साथ हामीले सामाजिक सेवामार्फत जनतासँग अझ नजिक हुने प्रयास गरेका छौँ,” सभापति राईले भने ।
पार्टीका नेता–कार्यकर्ता, युवाहरू तथा स्थानीय सर्वसाधारण समेत ५० जनाले रक्तदान गरे । पछिल्लो समय अस्पतालहरूमा रगत अभाव भइरहेको अवस्थालाई यसरी रक्तदान गरिदाँ बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
गाईघाट(उदयपुर),– कोशी प्रदेशको उत्कृष्ट अस्पतालमा सूचिकृत जिल्ला अस्पताल उदयपुर अहिले गम्भीर संकटमा छ । आधारभूत सामग्री, उपकरण र प्रशासनिक
गाईघाट– उदयपुरका त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरन्नोती भएको छ। नगरपालिकाकै लगानीमा संचालित स्वास्थ्य चौकीलाई
विराटनगर– विराटनगरको कोशी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा विस्तार गरिने भएको छ। सेवा विस्तारका लागि भक्तपुरको क्यान्सर अस्पतालसँग सम्झौता
प्रतिकृया दिनुहोस