दिक्तेल– खोटाङको दिक्तेलमा १४ देशका ४० कलाकार जम्मा भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यल असोज १७ देखि २० गतेसम्म आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’का लागि उनीहरु दिक्तेल आएका हुन।
चित्रकलाका लागि नेपालसहित अस्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लिथुआनिया, लाट्भिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामका कलाकार आइपुगेका हुन । उनीहरुलाई महुरेगढी, नुनथाल, मुढे, रमितेडाडाँडा, किरातचोक, दिक्तेलको बेसक्याम्प, त्रिवेणीचोक, शंखरशाख्वा चोकमा विभिन्न समुदाय तथा संघ संस्थालेस्वागत गरे।
बिहीबार जालपा, खानीडाँडा, शुक्रबार मझुवागढी, शनिबार भुलभुले र सरस्वती माविमा सांगीतिक कार्यक्रमसहित चित्रकला प्रदर्शनी गरिने छ ।
नगरपालिका र कलाकार धुन याक्खाको ‘धनु आर्ट स्टुडियो’को संयुक्त आयोजनामा कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको कार्यशालाका स्थानीय संयोजक ओजोनबाबु आचार्यले बताए ।
तीन दिनसम्म कलाकारहरुले कोरेको चित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संग्रहालय बनाएर राख्ने योजना बनाइएको तीर्थराज भट्टराईले बताए । चित्रकला कार्यशाला तथा प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेको उपप्रमुख विसन राईले बताए ।
काठमाडौं , – चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि
काठमाडौं– मोडल दिपाशा बिसी ‘जलपरी’ ले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । उडुस मार्ने औषधि
यसबर्षको दशैं र तिहारलाई लक्षित गरी गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको ‘आउँछु घर दशैंमा’ सार्वजनिक भएको छ। भण्डारीकै शब्द तथा
प्रतिकृया दिनुहोस