Skip This
सोमबार, कार्तिक ३, २०८३

उदयपुरको सुर्केमा बस दुर्घटना एकको १५ यात्रु घाईते

गाईघाट(उदयपुर), – काठमाण्डौंबाट धरानकालागि जादै गरेको वस उदयपुरको त्रियुगा नगरपालिका – ७ कालिखोला सुर्केमा दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । १५ यात्रु घाइते भएका छन । 
मदनभण्डारी राजर्मागको कटारी – गाईघाट खण्डको सुर्केमा बिहिबार दिउँसो बा.प्र.०१–००६ ख ८५२२ नम्बरको बस आफै अनियन्त्रित भई   दुर्घटना हुँदा १ जनाको मृत्यु, १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 
दुर्घटनामा परि उदयपुर चौदण्डीगढी नगरपालिका – २ बसाहाका १८ बर्षीय सोनु बसेलको मृत्यु भएको छ । गम्भीर घाईते उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर लाउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ , 
बसमा सवार अन्य १५ जना घाईते मध्ये १४ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भई रहेको छ । गम्भीर घाइते ओखल्ढुङ्गा लिखु गाउँपालिका ३  का ३२ बर्षीय धनबहादुर जोगीलाई थप उपचारकालागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 
बस चालक ओखलढुङगा चम्पादेबी गाउँपािलका १० का ३० बर्षीय सुमन खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
दुर्घटनमा परि निम्न व्यक्ति घाइते भएका छन । 
१. जिल्ला खोटाङ् हलेसी तुवाचुङ न.पा.वडा नं.९ बस्ने वर्ष अं.४५ की जिना राई,  अवस्था मध्यम  
२. जिल्ला संखुवासभा गोठखोला गा.पा. वडा नं. ४ बस्ने वर्ष अ.३९ की छिजी शेर्पा, अवस्था सामान्य 
३.ऐ.ऐ. बस्ने वर्ष अ. ४० को निजको श्रीमान निङमा शेर्पा, अबस्था सामान्य  
४.जिल्ला सुनसरी भोक्रा नर्सिङ न.पा. वडा नं. ४ बस्ने वर्ष अ. ४० की माया भुजेल, अवस्था सामान्य 
५.ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ९ को  सक्षम भुजेल, अवस्था सामान्य ।
६.जिल्ला पाँचथर फालेलुङ गा.पा. वडा नं. ३ बस्ने वर्ष अ.  ३६ को  बिरेन्द्र थाम्सुहाङ, अवस्था सामान्य ।
७.जिल्ला उदयपुर चौदण्डीगढी न.पा. वडा नं. १ बस्ने बर्ष अ. २७ की  बिमला नेपाली, अबस्था  सामान्य, 
८.जिल्ला खोटाङ चिसापानि गा.पा. वडा नं ३ बस्ने बर्ष अं. २३ की कमला बस्याल, अवस्था मध्यम ।
९. जिल्ला सङ्खुवासभा धर्मदेबि न.पा.  वडा नं. ८ बस्ने वर्ष अ. २२ की पबित्रा कटवाल, अवस्था सामान्य 
१०.    जिल्ला काठमाण्डौ शंखरापुर न.पा. वडा नं.९ साखु बस्ने बर्ष अं. ३५ की लुना कार्की अवस्था सामान्य 
११.    ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अ. ९ को को आगमन अवस्था सामान्य ।
१२.    जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी  न.पा.वडा नं.२ बस्ने बर्ष अं. ७० की  पदम कला राई, अवस्था सामान्य ।
१३.    जिल्ला मोरङ बेलबारी न.पा. वडा  ६ बस्ने वर्ष अं. २१ की भुमिका कार्की, अबस्था सामान्य ।
१४.    जिल्ला धनकुटा पाख्रिबास गा.पा. वडा नं. ५ बस्ने ३५ की मन्दिरा तामाङ, अबस्था सामान्य रहेको ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रास्वपाका सुरूङ्गा नगर सभापति लागूऔषध मुद्दामा पक्राउ

  • २८ असोज, २०८३

लहान(सिरहा), – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन । इलाका प्रहरी

भोजपुर नगरपालिका उपप्रमुख र वडाध्यक्षको राजीनामा

  • २३ असोज, २०८३

विराटनगर  – भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा र ८ नम्वर वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीना दिएका छन । दुवै जनप्रतिनिधिले भिडियो

पोखरामा बस दुर्घटना ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

  • २३ असोज, २०८३

पोखरा, – पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा ४ विद्यार्थी सहित ५ जनाको मृत्यु भएको छ ।

↑