Skip This
सोमबार, कार्तिक ३, २०८३

रास्वपाका सुरूङ्गा नगर सभापति लागूऔषध मुद्दामा पक्राउ

लहान(सिरहा), – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले लागूऔषध मुद्दामा फरार रहेका हुसेन पक्राउ परेको पुष्टि गरेका छन् ।
‎प्रहरीका अनुसार, २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै गरेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि कारमा खानतलासी गर्दा ५ वटा पोकामा राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
‎घटनापछि प्रहरीले कार, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो भने कारका चालक फरार भएका थिए ।
सोही घटनासम्बन्धी लागूऔषध मुद्दामा हुसेन पक्राउ परेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 तिलबारीकी दलमायालाई दसैमा नयाँ घर

  • २९ असोज, २०८३

गाईघाट(उदयपुर), – परदेशीएका दयालु मनका धनीले उदयपुरको त्रियुगा नगरपालिका–७ तिलबारीकी ७६ वर्षीया दलमाया रिखाम मगरलाई दसैँमा नयाँ घर उपहार दिएका छन

भोजपुर नगरपालिका उपप्रमुख र वडाध्यक्षको राजीनामा

  • २३ असोज, २०८३

विराटनगर  – भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा र ८ नम्वर वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीना दिएका छन । दुवै जनप्रतिनिधिले भिडियो

धारीलो हतियार प्रहार गरी श्रीमतिको हत्या 

  • ४ असोज, २०८३

बेल्टार(उदयपुर) – उदयपुरको चौदण्डीगढि नगरपालिका – २ डाँडागाउँमा आइतबार बिहानको राती श्रीमानले धारीलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन

↑