धनकुटा– धनकुटाको जंगलमा अप्टिकल फाईबर चुडिएपछि चार दिनदेखि संखुवासभा सञ्चार सेवाविहीन भएको छ ।
धनकुटा हुँदै लगिएको अप्टिकल फाइबर चैनपुर नगरपालिकाको खराङ क्षेत्रको जंगलमा चुडिएको छ। शनिबार चुँडिएपछि त्यसको मर्मत हुन सकेको छैन।
तार मर्मत नहुँदा नेपाल टेलिकमका पोष्टपेड, प्रिपेड, ल्याण्डलाइन फोन र इन्टरनेट सेवा ठप्प छ।
सदरमुकाम खाँदबारी, तुम्लिङटार विमानस्थल, चैनपुर, भोटखोला लगायतका स्थानमा सञ्चार सेवा बन्द भएको छ।
धनकुटाबाट मर्मतका लागि आएका प्राविधिक टोलीले ४ दिन बितिसक्दा पनि सेवा सुरु गर्न सकेका छैनन् । प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण मर्मतमा समस्या भएको टेलिकमका प्रमुख प्रेम राईले बताए ।
काठमाडौं– सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका स्वीकृत
गाईघाट– उदयपुरको उदयपुरगढी गाउँपालिका– ३ चप्लेटीका ७० बर्षीय कमलबहादुर थापामगरको मनमा ५४ बर्षदेखि गुम्सिएको अनुत्तरित जिज्ञासा अहिले आएर
एजेन्सी– चीनको सांघाईमा चुम्बकीय लेभिटेसन ट्रेन (म्याग्लेभ) लाइन सञ्चालनमा छ। यो अहिलेसम्म सञ्चालनमा रहेको सबैभन्दा पुरानो व्यावसायिक
प्रतिकृया दिनुहोस