Skip This
मंगलबार, कार्तिक ४, २०८३

स्वीकृत भयो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

काठमाडौं– सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका स्वीकृत गरेको हो।

मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। 

सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ। हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको एक कार्यविधि छ तर त्यो ‘हेलो सरकार’ सञ्चालनका लागि मात्र लक्षित थियो।

स्पष्ट मार्गदर्शक दस्तावेज नहुँदा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट पदाधिकारीका सामाजिक सञ्जालका आधिकारिक पेज सञ्चालनमा पनि व्यक्ति परिवर्तन हुँदा समस्या आउने गरेको छ। केही समयअघि राष्ट्रपति परिवर्तन हुँदा पनि ट्वीटर ह्यान्डिल सञ्चालनमा समस्या आएको थियो।

यसैगरी, पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेकाले पनि सरकारले निर्देशिका ल्याएको हो।

योसँगै सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोग व्यवस्थित र मर्यादित बन्ने अपेक्षा गरिएको छ। 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जंगलमा अप्टिकल फाईबर चुडिएपछि चार दिनदेखि संखुवासभा सञ्चार विहीन

  • ३० असोज, २०८०

धनकुटा– धनकुटाको जंगलमा अप्टिकल फाईबर चुडिएपछि चार दिनदेखि संखुवासभा सञ्चार सेवाविहीन भएको छ । धनकुटा हुँदै लगिएको अप्टिकल फाइबर चैनपुर

यसरी सम्भव भयो साढे ६ हजार घरधुरीमा एकै पटक विजुली

  • ५ चैत, २०७८

गाईघाट– उदयपुरको उदयपुरगढी गाउँपालिका– ३ चप्लेटीका ७० बर्षीय कमलबहादुर थापामगरको मनमा ५४ बर्षदेखि गुम्सिएको अनुत्तरित जिज्ञासा अहिले आएर

चीनको सांघाईमा थियो पहिलो तिव्र गतिको रेल

  • ५ मङ्सिर, २०७८

एजेन्सी– चीनको सांघाईमा चुम्बकीय लेभिटेसन ट्रेन (म्याग्लेभ) लाइन सञ्चालनमा छ।  यो अहिलेसम्म सञ्चालनमा रहेको सबैभन्दा पुरानो व्यावसायिक

↑