Skip This
मंगलबार, कार्तिक ४, २०८३

एन्फाका अध्यक्ष बर्खास्त गर्ने प्रस्तावको पक्षमा एक मत पनि परेन, विपक्षमा ५३ मत

हेटौंडा– अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ। मतदान मार्फत उक्त प्रस्ताव अस्विकृत भएको हो।

हेटौंडामा बिहीबार भएको विशेष साधारणसभामा भएको मतदानमा नेम्वाङलाई बर्खास्त गर्ने प्रस्तावको पक्षमा एक मत पनि परेन। प्रस्तावको विपक्षमा ५३ मत परेको थियो भने एक मत बदर भएको थियो।

नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने असन्तुष्ट पक्षले भने मतदान नै नगरेको जनाईएको छ। एन्फाको १०७ सदस्यमध्ये ८७ जनासँग मताधिकार थियो। तर, ५३ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएका थिए । एन्फामा अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुईतिहाइ मत आवश्यक पर्ने विधानको व्यवस्था छ ।

गत भदौमा असन्तुष्ट पक्षले एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्ताव पेश गरेका थिए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, इङ्गल्याण्डसँग भेट पक्का

  • २८ असार, २०८३

 काठमाडौं ,–  साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाको भेट इङ्गल्याण्डसँग हुने पक्का छ

दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु

  • १० पौष, २०८२

विराटनगर – मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनेष थापाको मृत्यु भएको छ ।  विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापाको बिहीबार

पर्शुराम वस्नेतलाई मुख्यमन्त्री कार्कीको २४ घण्टे स्पष्टिकरण

  • २३ बैशाख, २०८१

विराटनगर– कोशी प्रदेशको खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण बस्नेत) लाई मुख्यमन्त्री केदार कार्कीले २३ वैशाखमा २४ घण्टे

↑