गाईघाट– उदयपुरको रौतापोखरीलाई लक्षित गरी विभिन्न स्थानमा हिल स्टेसनको निर्माण हुने भएका छन्। हिल स्टेशन गाईघाट–रौता सडकमा पर्ने स्थानहरुमा निर्माण हुनेछन्।
नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एकीकृत पर्यटकीय गुरुयोजना निर्माण गर्दा उदयपुरको रौतापोखरीलाई लक्षित गरी यी योजना अघि वढाएको हो।
गाईघाट रौता सडकमा पर्ने बाघखोर स्थित बैथुम्का डाँडा, हुवास र रौता पोखरीमा हिल स्टेसन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम भईरहेको जनाईएको छ।
गाईघाटबाट करिव ३० किलोमीटर दुरीमा रहेको बैथुम्का डाँडामा बन्ने हिल स्टेसनमा पिकनिक स्पोर्ट, तराई देखि हिमालको मनोरम दृश्यको अवलोकन गर्न भ्यु टप, प्राकृतिक सौन्दर्य रुखघर निर्माण, बगैँचा लगायत हजारौं मानिसहरु गएर घुम्न मिल्ने गरि स्टेसन बनाउन लागिएको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले जानकारी दिए।
बैथुम्का डाँडालाई पहिलो हिल स्टेसन बनाएर हुवास स्टेसनमा मान्छेहरु गएर घुम्न, आनन्द लिन सक्ने सामान्य बगैँचा र फलैचाहरु निर्माण गरि रौतामा ठूलो हिल स्टेसन निर्माण गर्ने योजना बनाईने उनले जानकारी दिए।
गाईघाटबाट करिव एक घण्टाको समयमा पुग्न सकिने बैथुम्का डाँडा र हुवासमा बाह्रै महिना चिसोको आनन्द लिन सकिने र तराई देखि हिमालको मनोरम दृश्यको अवलोकन गर्न सकिने भएका कारण यस ठाउँलाई बिकास गर्न सके समग्र उदयपुरको बिकास हुने उनको वुझाई छ।
गाईघाट– सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई पर्वतारोही बेपत्ता भएका छन्। बेपत्ता हुने एक जना बेलायती नागरिक हुन। मङ्गलबार सगरमाथा चुचुरोबाट
गाईघाट– उदयपुरको वेलका नगरपालिका ७ मैनामैनीका जलन राईले लुबुचे हिमालको सफल आरोहण गरेका छन्। ६ हजार १ सय ९० मिटर अग्लो यो हिमालको आरोहण राईले बुधबार
गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका – ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सालको रुखमा अडकिएका दुई जनाको उद्वार गरिएको
प्रतिकृया दिनुहोस