काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)लाई ५ विकेटले हराउँदै मधेश प्रदेश विजयी भएको छ।
एपीएफले दिएको २४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । मधेशका लागि रुपेश सिंहले अविजित ७२ इनिङ खेले । पवन सराफले ६४, निरोज यादवले ५२, अनिल शाहले २९ र अभिषेक तिवारीले १३ रन जोडे ।
बलिङमा एपीएफका कप्तान रोहित पौडेल र रमेश कुर्मीले २(२ र मौसम ढकालले १ विकेट लिए ।
यसअघि टियु क्रीकेट मैदानमा पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाएको थियो । रोहित पौडेलले ५८, असिफ शेखले ५९, अमरसिंह रौटेलाले अविजित ४९ रन बनाए । बलिङमा मधेशका प्रदीप पासवान र रुपेश सिंहले ३–३, रन्जित कुमारले २ र अरनिको यादवले १ विकेट लिए।
काठमाडौं ,– साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाको भेट इङ्गल्याण्डसँग हुने पक्का छ
विराटनगर – मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनेष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापाको बिहीबार
विराटनगर– कोशी प्रदेशको खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण बस्नेत) लाई मुख्यमन्त्री केदार कार्कीले २३ वैशाखमा २४ घण्टे
प्रतिकृया दिनुहोस