Skip This
सोमबार, कार्तिक ३, २०८३

भारतीय अभिनेता गोविन्दा रौतहटमा, गीत र नृत्यु प्रश्तुत

जनकपुर– रौतहटको मौलापुरमा शुक्रबारदेखि सुरु भएको ‘मधानी महोत्सव’ मा भारतीय अभिनेता गोविन्दा पनि सहभागि भएका छन्। महोत्सवको पहिलो दिन नै गोविन्दाले कार्यक्रम प्रस्तुत गरेका हुन।

मौलापुर नगरपालिकाले आयोजना गरेको महोत्सवमा नेपाली तथा भोजपुरी चलचित्रका कलाकारहरु पनि सहभागी छन्। उनीहरुको  प्रस्तुति हेर्न हजारौंको संख्यामा दर्शकहरु जम्मा भएका छन्।

गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। उनले रौतहट आउन पाउँदा आफूलाई खुशी लागेको बताए।

नेपाल सरकारको पर्यटकीय स्थल मध्ये मौलापुर–५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महोत्सव सुरु भएको हो। मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ ।

पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातत्वविदलाई स्थलगत अध्ययन गराएर यो स्थानमा मधानी महायज्ञको सुरुवात गरिएको थियो।

कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको यहाँ उत्खनन गरेको थियो।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सवारी दुर्घटनामा परेका यात्रुको सामान बोकेर भाग्दै गरेका ६ जना पक्राउ परेपछि...

  • १५ असोज, २०८१

राजविराज– सप्तरीमा सवारी दुर्घटनामा परी घाईते भएका यात्रुको सामान चोरी गरी भाग्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेको तत्काल

मनोहर र मन्जुको स्वर रहेको ‘आउछु घर दशैमा’ सार्वजनिक

  • २३ असोज, २०८०

यसबर्षको दशैं र तिहारलाई लक्षित गरी गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको ‘आउँछु घर दशैंमा’ सार्वजनिक भएको छ। भण्डारीकै शब्द तथा

किन दर्शकको रोजाईमा परेन ‘नाई नभन्नु ल’ को छैठौं श्रृंखला

  • १८ बैशाख, २०८०

वैशाख १५ गतेदेखि प्रदर्शनमा आएको ‘नाई नभन्नु ल’ को छैठौं श्रृंखला अन्य श्रृंखलाको तुलनामा दर्शकले खासै रुचाएका छैनन्। विकासराज आचार्यद्वारा

↑