Skip This
सोमबार, कार्तिक ३, २०८३

पर्शुराम वस्नेतलाई मुख्यमन्त्री कार्कीको २४ घण्टे स्पष्टिकरण

विराटनगर– कोशी प्रदेशको खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण बस्नेत) लाई मुख्यमन्त्री केदार कार्कीले २३ वैशाखमा २४ घण्टे स्पष्टीकरण सोधेका छन्।

४ मंसिर ०७९ को प्रदेश सभा निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण समेत दाखिला गरेको चार्ज लगाएर कार्कीले वस्नेतलाई स्पष्टीकरण सोधेका हुन्। ‘प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ (ङ), ऐ ऐनको दफा १३ तथा प्रदेश खेलकुद ऐन २०७६ को दफा २७ प्रतिकुल तपाईंको पदले निरन्तरता पाउने हो होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पस्ट पार्नुहुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार हुन समेत जानकारी गराइन्छ,’ स्पष्टीकरण पत्रमा लेखिएको छ।

विराटनगर महानगरपालिका–११ निवासी बस्नेत ०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्रनम्बर ६ (ख) बाट नेकपा एमालेका उम्मेदवार थिए। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले बस्नेतलाई २४ असोज २०७८ मा खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए।

राजेन्द्र राई मुख्यमन्त्री भएपछि २१ चैत २०७८ मा उनलाई हटाईएको थियो। वस्नेतले पदमुक्त गर्ने निर्णयविरुद्ध १४ वैशाख ०७९ मा उच्च अदालत विराटनगरमा रिट दिए। अदालतले २ वर्षपछि बस्नेतलाई पुनर्बहाली गरेको थियो। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, इङ्गल्याण्डसँग भेट पक्का

  • २८ असार, २०८३

 काठमाडौं ,–  साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाको भेट इङ्गल्याण्डसँग हुने पक्का छ

दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु

  • १० पौष, २०८२

विराटनगर – मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनेष थापाको मृत्यु भएको छ ।  विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापाको बिहीबार

प्रधानमन्त्री कपः मधेससँग एपीएफ ५ विकेटले पराजित

  • ३ माघ, २०८०

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)लाई ५ विकेटले हराउँदै मधेश प्रदेश विजयी भएको

↑