Skip This
सोमबार, कार्तिक ३, २०८३

सगरमाथाको चुचुरोमा पुगेर फर्कदै गर्दा एक नेपालीसहित दुई आरोही बेपत्ता

गाईघाट– सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई पर्वतारोही बेपत्ता भएका छन्। बेपत्ता हुने एक जना बेलायती नागरिक हुन।

मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा उनीहरु वेपत्ता भएको जनाईएको छ। संखुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएको जनाईएको छ।

चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार ७५० मिटरको उचाइमा रहेको ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका हुन। उनीहरुले जेठ ८ गते सगरमाथाको सफल आरोहण गरेका थिए।

शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’मार्फत आरोहणमा निस्किएका थिए। वातावरण अनुकूल भएको अवस्थामा दुवैजना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविरहुँदै शिखरतर्फ प्रस्थान गरेका थिए।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुरका जलन राई लुबुचे हिमालको चुचुरोमा

  • २ जेठ, २०८१

गाईघाट– उदयपुरको वेलका नगरपालिका ७ मैनामैनीका जलन राईले लुबुचे हिमालको सफल आरोहण गरेका छन्। ६ हजार १ सय ९० मिटर अग्लो यो हिमालको आरोहण राईले बुधबार

उदयपुरमा प्याराग्लाईडसहित रुखमा अड्किएका दुई जनाको उद्वार

  • २० फाल्गुण, २०८०

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका – ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सालको रुखमा अडकिएका दुई जनाको उद्वार गरिएको

उदयपुरमा पर्यटन प्रबर्द्धनको खुड्किलोः रौता पोखरीलाई लक्षित गरी ‘हिल स्टेसन’ निर्माण हुँदै 

  • २१ पौष, २०८०

गाईघाट– उदयपुरको रौतापोखरीलाई लक्षित गरी विभिन्न स्थानमा हिल स्टेसनको निर्माण हुने भएका छन्। हिल स्टेशन गाईघाट–रौता सडकमा पर्ने स्थानहरुमा

↑