लहान — सिरहामा पुल बनाउ माग गर्दै विहिवार सदरमुकाममा प्रदर्शन भएको छ। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमामा निर्माणाधिन अवस्थामै भत्किएको कमला नदीको पुल बनाउन माग गर्दै प्रदर्शन भएको हो।
पुल निर्माणका लागि सरकारलाई दवाव दिन स्थानीयले संघर्ष समिति नै बनाएका छन्। सोही समितिको आह्वानमा महावीर चोकदेखि थाना चोकसम्म नारा–जुलुस गरिएको थियो। आइतबार बसबिट्टादेखि जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुस निकाल्ने तयारी छ।
कमलामा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माणका लागि शिलान्यास भएको १३ वर्ष बितिसकेको छ। साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाखमा पुल निर्माणको ठेक्का लागेको थियो। पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनले ठेक्का पार्यो तर पुल वनाएन।
हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का खोसेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दियो। २०७८ असार १३ भित्र काम सक्ने सर्त थियो। पुल निर्माणको काम पनि सकियो। तर, उदघाटनको तयारी भइरहेका बेला २०७८ असार १७ को बाढीले पुल भत्कायो। त्यसपछि पुल निर्माणको कामले गति नलिएको संघर्ष समितिले जनाएको छ।
लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ
विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न
गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट
प्रतिकृया दिनुहोस