गाईघाट– अत्याधिक गर्मीका कारण पछिल्लो समय उदयपुरमा सर्पदंशका घट्ना वढेका छन्। त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका, कटारी नगरपालिका क्षेत्रमा सर्पदंशका घट्ना देखिएका छन्।
त्रियुगा नगरपालिकाको जोगिदह, राजावास, चुहाडे, गैरुन, असारीलगायतका क्षेत्रमा सर्पको विगविगी वढेको स्थानीयवासी बताए। करेसाबारी, गोठ र खेतमा काम गर्दा करेत लगायतका विषालु सर्पको डसाइबाट स्थानीयवासी प्रभावित भएका छन्।
नेपाली सेना भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रका अनुसार हाल त्रियुगा नगरक्षेत्रमा दैनिक ५ देखि ६ जनासम्म सर्पदंशका बिरामी पुग्ने गरेका छन्। अधिकांश सर्पदंशका बिरामीहरु त्रियुगा नगरपालिका क्षेत्रबाट आउने गरेको सर्पदंश उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष पवित्रा गिरीले बताइन्।
धेरैजसो रातिको समयमा खेतमा पानी लगाउन जाने र घरवरपर काम गर्ने समयमा सर्पले डस्ने गरेको पाईएको छ। साउन लागेदेखि हालसम्म १५० भन्दा बढी सर्पदंशका बिरामीको उपचार गरिएको र उनीहरु निको भएर घर फर्किएको अध्यक्ष गिरीले जानकारी दिइन्।
बेल्टार(उदयपुर),– नेपाली कांग्रेसको ‘एक महिने जरामा जाऔँ अभियान’ अन्तर्गत आइतबार उदयपुरको बेल्टारमा रक्तदान कार्यक्रम गरिएको छ । पार्टीको संगठन
गाईघाट(उदयपुर),– कोशी प्रदेशको उत्कृष्ट अस्पतालमा सूचिकृत जिल्ला अस्पताल उदयपुर अहिले गम्भीर संकटमा छ । आधारभूत सामग्री, उपकरण र प्रशासनिक
गाईघाट– उदयपुरका त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरन्नोती भएको छ। नगरपालिकाकै लगानीमा संचालित स्वास्थ्य चौकीलाई
प्रतिकृया दिनुहोस