Skip This
सोमबार, कार्तिक ३, २०८३

दुई मोटरसाईकल जुधेर सप्तरीको हनुमाननगरमा १ जनाको मृत्यु

राजविराज — सप्तरीको हनुमाननगरमा दुई मोटरसाईकल जुधेर एक जनाको मृत्यु भएको छ।

राजविराज नगरपालिका–१५ का ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको हो। हनुमानगर कंकालिनी नगरपालिका–५ स्थित कोसी बाँधमा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भारदहबाट हनुमाननगरतर्फ आइरहेको स २ प ७२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को ३४ प ५४५९ नम्बरको मोटरसाइकल हनुमाननगर कंकालिनी नगरपालिका–५ स्थित कोसी बाँध जुधेका थिए।

दुर्घटनामा स २ प ७२९६ नम्बरको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भयो। अर्को मोटरसाइकल भने घाइते अवस्थामै सिटी रिक्सामा चढेर भारदहतर्फ भागेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ युवक  पक्राउ

  • २० श्रावण, २०८३

लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ

  • ११ असार, २०८३

विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न

१७ किलो गाँजासहित उदयपुरमा एक युवक पक्राउ, चालक फरार

  • ६ असार, २०८३

गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट

↑