विराटनगर– विराटनगरको कोशी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा विस्तार गरिने भएको छ। सेवा विस्तारका लागि भक्तपुरको क्यान्सर अस्पतालसँग सम्झौता भएको छ।
भक्तपुर क्यान्सर अस्पातलका निर्देशक उज्जवल चालिसे र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। त्यसक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल पनि उपस्थित थिए।
भक्तपुर क्यान्सर अस्पतालले सेवा उपलब्ध गराउने जनशक्तिलाई यातायात, खाजालगायत खर्चको लागि बजेटको व्यवस्था गर्नेछ भने जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाईने छ।
महिनाको कम्तिमा एकपटक सेवा सञ्चालन हुने जनाईएको छ। कोशीमा हाल दैनिक ओपीडी सेवा, इन्डोर सेवा, डे–केयर केमोथेरापीसहितको ५ बेड सञ्चालनमा छ। अस्पतालमा ब्रेस्टको सर्जरी, पेट तथा आन्द्राको सर्जरी, मृगौला तथा प्रोस्टेटको सर्जरी, छालाको क्यान्सर सर्जरी सञ्चालनमा छन्।
१० वर्षदेखि क्यान्सर रोगको सेवा सुरु भएपनि विशेषज्ञ सेवाको अभाव छ।
बेल्टार(उदयपुर),– नेपाली कांग्रेसको ‘एक महिने जरामा जाऔँ अभियान’ अन्तर्गत आइतबार उदयपुरको बेल्टारमा रक्तदान कार्यक्रम गरिएको छ । पार्टीको संगठन
गाईघाट(उदयपुर),– कोशी प्रदेशको उत्कृष्ट अस्पतालमा सूचिकृत जिल्ला अस्पताल उदयपुर अहिले गम्भीर संकटमा छ । आधारभूत सामग्री, उपकरण र प्रशासनिक
गाईघाट– उदयपुरका त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरन्नोती भएको छ। नगरपालिकाकै लगानीमा संचालित स्वास्थ्य चौकीलाई
प्रतिकृया दिनुहोस