बिर्तामोड– युवतीलाई छुरा प्रहार गरी हत्या गरेर भाग्दै गर्दा स्थानीयको कुटपिटबाट घाइते भएका कैलालीको गौरीगंगा नगरपालिका–३ का २० बर्षका अनिल बिकको अवस्था गम्भीर छ।
विकको मेची प्रादेशिक अस्पतालमा उपचारमा भईरहेको छ। शुक्रबार साँझ साढे ६ बजे विर्तामोडको महानन्द चोकमा बिकको छुरा प्रहारबाट इलामको सुर्योदय नगरपालिका–३ फिक्कल घर भएकी १९ वर्षीया मनिषा लोहारको मृत्यु भएको छ।
अर्जुनधारा नगरपालिका–५ पाथीभरा टोलमा डेरा गरी बस्दै आएकी मनिषाको छाती, घाँटी तथा कोखामा छुरा प्रहार भएको थियो। उनलाई उपचारका लागि अस्पताल पुर्याईएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यता, भाग्दै गरेका विकलाई स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। उनको टाउकोमा गम्भिर चोट छ।
लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ
विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न
गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट
प्रतिकृया दिनुहोस