गाईघाट– उदयपुरका त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरन्नोती भएको छ। नगरपालिकाकै लगानीमा संचालित स्वास्थ्य चौकीलाई संविधान दिवसको अवसर पारी नगर अस्पतालको रुपमा स्तरोन्नती गरिएको हो।
अस्पतालमा ओपिडी सेवा, चौविसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, बर्थिङ सेन्टरसहित केही विशेषज्ञ सेवासमेत दिईने नगरपालिकाका जनस्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताए। मेयर वसन्त कुमार बस्नेतले जिल्ला अस्पतालको सहयोगी संस्थाको रुपमा अगाडी बढाउदै नगर अस्पतालमा दक्ष जनशक्तिको अभाव हुन नदिने बताए।
नगर अस्पताल मार्फत जनतालाई २४ घन्टा सेवा उपलब्ध गराई गाउँघरमै स्वास्थ्य उपचारको ब्यवस्था मिलाउन नगर अस्पताल संचालनमा ल्याइएको मेयर बस्नेतले बताए। अस्पताल उदघाटन कार्यक्रममा सहभागि उपमेयर महेश्वरी राईले नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखी काम गरिएको बताईन।
वडा नं ५ का अध्यक्ष उद्धब थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्पूर्ण वडाध्यक्षहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो।
यसैगरी, त्रियुगा नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसंग सम्झौता गरि नगर भरीका नागरिकको निशुल्क आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिदिने भएको छ।
बेल्टार(उदयपुर),– नेपाली कांग्रेसको ‘एक महिने जरामा जाऔँ अभियान’ अन्तर्गत आइतबार उदयपुरको बेल्टारमा रक्तदान कार्यक्रम गरिएको छ । पार्टीको संगठन
गाईघाट(उदयपुर),– कोशी प्रदेशको उत्कृष्ट अस्पतालमा सूचिकृत जिल्ला अस्पताल उदयपुर अहिले गम्भीर संकटमा छ । आधारभूत सामग्री, उपकरण र प्रशासनिक
विराटनगर– विराटनगरको कोशी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा विस्तार गरिने भएको छ। सेवा विस्तारका लागि भक्तपुरको क्यान्सर अस्पतालसँग सम्झौता
प्रतिकृया दिनुहोस