Skip This
मंगलबार, कार्तिक ४, २०८३

सवारी दुर्घटनामा परेका यात्रुको सामान बोकेर भाग्दै गरेका ६ जना पक्राउ परेपछि...

राजविराज– सप्तरीमा सवारी दुर्घटनामा परी घाईते भएका यात्रुको सामान चोरी गरी भाग्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेको तत्काल पहिचान खुलेको छैन।

राजविराज–कुनौली सडक खण्ड अन्तर्गत बिष्णुपुर गाउँपालिका– २८ मा बुधबार बिहान न ९९ क्ष ९९९९९ नम्बरको बस र ण ८८ त्र १११११ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको थियो। दुबै सवारीका करिव २० जना यात्रु घाईते भए।

दुर्घटनाको जानकारी पाएको नेपाल प्रहरी र सशस्त्र प्रहरी घाईतेको उद्धार तथा उपचारका लागि अस्पताल पठाउने ब्यवस्था मिलाई रहेका थिए। तर, केहि व्यक्ति भने यात्रुको सामान लिएर भाग्दै गरेको फेला परेपछि पक्राउ गरिएको सुरक्षा निकायले जनाएको छ।

पक्राउ परेपछि भने उनीहरुले आफूहरु घाईतेको उद्धार गर्न आएको वताएका छन्। हेर्दा ठ्याक्कै वास्तविक जस्तो लाग्ने यो घट्ना साँच्चै भएको भने होईन। यो सवै दृष्य सुरक्षाकर्मीले आफैले कृत्रिम रुपमा तयार गरेको हो।

दुर्घटना न्यूनिकरण र त्यसपछि यात्रु तथा उनीहरुको सामानको सुरक्षा कसरी गर्ने भन्ने विषयमा सुरक्षाकर्मीले गरेको पूर्व तयारीको दृश्य हो यो। जिल्ला विपद् व्यवस्थापन समितिले यो पुर्व तयारी गराएको हो। विपद् व्यवस्थापन समितिका संयोजक एवम् सप्तरीका सीडीओ मेखबहादुर मंग्रातीले सुरक्षाकर्मीको कार्य क्षमतामा निखार ल्याउन र सर्वसाधारणमा सचेतना जगाउन यो कार्यक्रम गरिएको बताए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतीय अभिनेता गोविन्दा रौतहटमा, गीत र नृत्यु प्रश्तुत

  • २४ फाल्गुण, २०८०

जनकपुर– रौतहटको मौलापुरमा शुक्रबारदेखि सुरु भएको ‘मधानी महोत्सव’ मा भारतीय अभिनेता गोविन्दा पनि सहभागि भएका छन्। महोत्सवको पहिलो दिन नै

मनोहर र मन्जुको स्वर रहेको ‘आउछु घर दशैमा’ सार्वजनिक

  • २३ असोज, २०८०

यसबर्षको दशैं र तिहारलाई लक्षित गरी गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको ‘आउँछु घर दशैंमा’ सार्वजनिक भएको छ। भण्डारीकै शब्द तथा

किन दर्शकको रोजाईमा परेन ‘नाई नभन्नु ल’ को छैठौं श्रृंखला

  • १८ बैशाख, २०८०

वैशाख १५ गतेदेखि प्रदर्शनमा आएको ‘नाई नभन्नु ल’ को छैठौं श्रृंखला अन्य श्रृंखलाको तुलनामा दर्शकले खासै रुचाएका छैनन्। विकासराज आचार्यद्वारा

↑