Skip This
मंगलबार, कार्तिक ४, २०८३

दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु

विराटनगर – मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनेष थापाको मृत्यु भएको छ । 
विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापाको बिहीबार बिहान करिब एक बजेतिर दुर्घटनामा मृत्यु भएको हो ।
विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट बरगाछीतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता, डीएसपी कोपिला चुडालले वताइन । मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा खेलाडी थापा घाइते भएका थिए । 
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीका प्रवक्ता, डीएसपी चुडालले वताइन । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ ।
खेलाडी थापा  ९ वर्षभन्दा लामो समयदेखि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको क्रिकेटमा सक्रिय थिए । कुशल ब्याट्सम्यानका रूपमा चिनिएका उनले नेपालका केही चर्चित फ्रेन्चाइज लिगमा समेत सहभागिता जनाइसकेका थिए ।
प्रहरीले घटनाको थप अनुसन्धान शुरू गरेको जनाएको छ । थापाको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, इङ्गल्याण्डसँग भेट पक्का

  • २८ असार, २०८३

 काठमाडौं ,–  साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाको भेट इङ्गल्याण्डसँग हुने पक्का छ

पर्शुराम वस्नेतलाई मुख्यमन्त्री कार्कीको २४ घण्टे स्पष्टिकरण

  • २३ बैशाख, २०८१

विराटनगर– कोशी प्रदेशको खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण बस्नेत) लाई मुख्यमन्त्री केदार कार्कीले २३ वैशाखमा २४ घण्टे

प्रधानमन्त्री कपः मधेससँग एपीएफ ५ विकेटले पराजित

  • ३ माघ, २०८०

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)लाई ५ विकेटले हराउँदै मधेश प्रदेश विजयी भएको

↑