जनकपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ ।
ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको टाउको अलग भएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सरोज राईले वताए ।
महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउकोबिनाको अवस्थामा भेटिएको हो ।
शनिबार ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि चौकिदार महतो त्यसतर्फ गएका स्थानीयले वताए । तर उनी दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारका सदस्य र स्थानीयले खोजी सुरु गरेका थिए ।
खोजतलासका क्रममा जंगलभित्र टाउको अलग भएको अवस्थामा अवस्थामा महतोको शव फेला परेको प्रहरी नायव उपरिक्षक राईले बताए ।
टाउको अझै भेटिएको छैन । टाउकोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ
विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न
गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट
प्रतिकृया दिनुहोस