काठामाडौं, – राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन । उनलाई ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।
पाण्डेलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष पाण्डै ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।
पुष्पकमल दाहाल(प्रचण्डं प्रधानमन्त्री हुदाँ २०७९ पुस ११ गतेदेखि २०८० फागुन २१ गतेसम्म पाण्डे सहरी विकास मन्त्री थिए ।
गाईघाट(उदयपुर),– त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार १७औ नगर
बेल्टार(उदयपुर), – चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब ३७ करोड ९ लाख ५ हजार २ सय १२ रुपैयाँ े बजेट सार्वजनिक गरेको छ ।
विराटनगर, – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा
प्रतिकृया दिनुहोस