गाईघाट(उदयपुर),– कोशी प्रदेशको उत्कृष्ट अस्पतालमा सूचिकृत जिल्ला अस्पताल उदयपुर अहिले गम्भीर संकटमा छ । आधारभूत सामग्री, उपकरण र प्रशासनिक व्यवस्थापन भद्रगाल हुदाँ अस्पताल सकटमा परेको हो ।
एक बर्षअघी विशेषज्ञ चिकित्सक, भवन सहितका भौतीक संरचनासगै आधारभूत सामग्री, उपकरण र प्रशासनिक व्यवस्थापन भएकाले नै उत्कृष्ट अस्पतालमा सूचिकृत हो । अहिले अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव छैन, भवन सहितका भौतिक संरचनापनि छ । तर आधारभूत सामग्री, उपकरण र प्रशासनिक व्यवस्थापनको लापवाहिले स्वास्थ्य सेवा नै प्रभावित भएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा डाक्टरले ‘अस्पतालमा डाक्टर छन्, तर सेवा छैन’ भन्ने अवस्था रहेको वताए । गाईघाट बोक्से स्थित अस्पतालमा अहिलेपनि स्त्री तथा प्रसूति रोग, नवजात तथा बालरोग, हाडजोर्नी तथा नसा रोग, दन्तरोग लगायतका विशेषज्ञ सेवा, विभिन्न सर्जरी वा अप्रेसन सेवा दिईरहेको छ । तर, पछिल्ला केहि महिनादेखि प्रशासनिक भद्रगोल, आर्थिक संकट र आन्तरिक विवादका कारण अस्पतालको सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।
पत्रकार सम्मेलनमा चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालको वास्तविक अवस्था सार्वजनिक गर्दै आन्दोलनको चेतावनी दिएका छन् । उनीहरूले अस्पतालमा देखिएका समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकाले आन्दोलनको तयारी गरेका हुन् । डा. कृष्णकुमार यादवले अस्पताल सञ्चालनका लागि अत्यावश्यक सामग्रीसमेत अभाव भएको बताए । ‘सामान्य रूपमा पनि अस्पतालमा फिल्टर, साबुन, सर्फ, गज, पन्जा, कुचोलगायतका दैनिक आवश्यक सामग्रीसमेत उपलब्ध छैनन् । अरू सेवाको कुरै नगरौँ,’ उनले भने ।
सबैभन्दा चिन्ताजनक अवस्था अक्सिजन आपूर्तिको रहेको चिकित्सकहरूको भनाइ छ । अस्पतालमा केही सातादेखि अक्सिजन सकिएको र अक्सिजन आवश्यक पर्ने बिरामीको उपचारमा समेत कठिनाइ भइरहेको छ । ‘अस्पतालमा अक्सिजनजस्तो आधारभूत सेवा नै उपलब्ध छैन भने बिरामीको उपचार कसरी गर्ने ?’ यादवले भने ।
विभिन्न रोगको परीक्षण गर्ने ल्यव (प्रयोगशाला) सेवा पनि बन्द छ । सामान्य दिसापिसाब परीक्षण तथा ‘कम्प्लिट ब्लड काउन्ट’ (सिबिसी)जस्ता आधारभूत परीक्षणसमेत नियमित रूपमा हुन नसक्दा बिरामीहरू निजी प्रयोगशालामा धाउन बाध्य भएको चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एक्स–रे सेवा बन्द छ । अस्पतालमा दुईवटा एक्स–रे प्रिन्टर हुँदाहुँदै थप नयाँ प्रिन्टर खरिदले समस्या भएको चिकित्सकहरूको भनाइ छ ।
कोशी प्रदेश सरकारमातहत रहेको उदयपुर जिल्ला अस्पतालमा हेमोडायलाइसिस सेवा पनि संकटमा परेको छ । उदयपुरसहित छिमेकी जिल्लाका सयौँ मिर्गौला रोगीले लाभ लिइरहेको उक्त सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापन हुन नसक्दा सेवा प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ ।
स्वास्थ्यकर्मीहरूले अस्पतालको लेखा तथा प्रशासनिक संयन्त्रलाई समस्याको मुख्य कारणका रूपमा औँल्याएका छन् । अस्पताल विकास तथा व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयन नगर्ने, कार्यालय प्रमुखका निर्देशनसमेत बेवास्ता गर्ने तथा अस्पताल सञ्चालनसँग सम्बन्धित काममा अनावश्यक अवरोध सिर्जना गर्ने प्रवृत्तिका कारण संकट गहिरिएका चिकित्सकहरूको भनाइ छ ।
विशेषज्ञ चिकित्सकहरूले ६ महिनादेखि प्रोत्साहन भत्ता र अन्य भत्ता नपाएको बताएका छन् । मेडिकल अधिकृतहरूले ४ महिनादेखि अतिरिक्त भत्ता प्राप्त गरेका छैनन् भने चालू आर्थिक वर्षको खाजा भत्तासमेत वितरण हुन सकेको छैन । ज्यालादारी स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले पोसाक भत्ता नपाएको गुनासो गरेका छन् ।
चिकित्सकहरूले अस्पतालको आर्थिक पारदर्शितामाथि समेत प्रश्न उठाएका छन् । अस्पतालसँग आवश्यक औषधि, उपकरण तथा उपचार सामग्री खरिदका लागि बजेट अभाव रहेको बताइए पनि आय–व्यय विवरण सार्वजनिक नगरिएको उनीहरूको आरोप छ । विभिन्न शीर्षकमा प्राप्त बजेट समयमै खर्च हुन नसक्दा अस्पताल सञ्चालनमै असर पुगेको स्वास्थ्यकर्मी वताउछन ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुकेश झाले स्वास्थ्यकर्मीहरूको माग जायज रहेको बताए । अस्पतालमा पर्याप्त चिकित्सक रहे पनि आवश्यक सामग्री र व्यवस्थापन अभावका कारण सेवा दिन नसकिएको उनले बताए ।
बेल्टार(उदयपुर),– नेपाली कांग्रेसको ‘एक महिने जरामा जाऔँ अभियान’ अन्तर्गत आइतबार उदयपुरको बेल्टारमा रक्तदान कार्यक्रम गरिएको छ । पार्टीको संगठन
गाईघाट– उदयपुरका त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरन्नोती भएको छ। नगरपालिकाकै लगानीमा संचालित स्वास्थ्य चौकीलाई
विराटनगर– विराटनगरको कोशी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा विस्तार गरिने भएको छ। सेवा विस्तारका लागि भक्तपुरको क्यान्सर अस्पतालसँग सम्झौता
प्रतिकृया दिनुहोस