Skip This
मंगलबार, कार्तिक ४, २०८३

१७ किलो गाँजासहित उदयपुरमा एक युवक पक्राउ, चालक फरार

गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्।

उदयपुरगढीबाट कटारीतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकललाई चेकजाँचका क्रममा प्रहरीले रोक्न खोजेको थियो। तर मोटरसाइकल नरोकी भागेको थियो। सोही क्रममा मोटरसाइकलको पछाडि सवार उदयपुरगढी गाउँपालिका–६ बाउनटार घर भई हाल कटारी–४ सिम्ले बस्ने ३० वर्षीय नरबहादुर पुलामी मगर मोटरसाइकलबाट लडे।

लडेका पुलामी मगरलाई उठाउने क्रममा उनको साथबाट १७ किलो ४० ग्राम लागूऔषध गाँजा बरामद गरिएको थियो। बरामद गाँजासहित पुलामी मगरलाई नियन्त्रणमा लिइएको छ।

फरार रहेको मोटरसाइकल र चालकको खोजी कार्य भइरहेको साथै पक्राउ परेका निज नरबहादुर पुलामी मगरलाई इलाका प्रहरी कार्यालय कटारी, उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।


प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ युवक  पक्राउ

  • २० श्रावण, २०८३

लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ

  • ११ असार, २०८३

विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न

कोशी प्रदेश सरकारले ४० अर्ब ४४ करोड बजेट ल्यायो 

  • १ असार, २०८३

विराटनगर, – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा

↑