Skip This
मंगलबार, कार्तिक ४, २०८३

दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको मृत्यु

काठमाण्डौ, – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु भएको हो । 
प्रहरीका अनुसार बोलेरो पिकअप उपप्रमुख राना आफैंले चलाएका थिए । सवारी साधन सडकबाट तल खसेर दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक  नरहरि अधिकारीले उपप्रमुख राना नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्किएका बेला दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली पुगिरहेको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुरको सुर्केमा बस दुर्घटना एकको १५ यात्रु घाईते

  • २९ असोज, २०८३

गाईघाट(उदयपुर), – काठमाण्डौंबाट धरानकालागि जादै गरेको वस उदयपुरको त्रियुगा नगरपालिका – ७ कालिखोला सुर्केमा दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । १५

रास्वपाका सुरूङ्गा नगर सभापति लागूऔषध मुद्दामा पक्राउ

  • २८ असोज, २०८३

लहान(सिरहा), – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन । इलाका प्रहरी

भोजपुर नगरपालिका उपप्रमुख र वडाध्यक्षको राजीनामा

  • २३ असोज, २०८३

विराटनगर  – भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा र ८ नम्वर वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीना दिएका छन । दुवै जनप्रतिनिधिले भिडियो

↑