काठमाडौं, – अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणपछि इरानले मध्यपूर्वका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य अखडामाथि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
इरानले कतार, कुवेत, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य पूर्वाधारलाई निशाना बनाएको जनाएको छ भने अमेरिकाले इरानका १४० सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)का अनुसार कतारस्थित अल उदेद अमेरिकी हवाई अड्डामा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको हो । आईआरजीसीले उक्त आक्रमणबाट लडाकु विमान मर्मत केन्द्र र कमान्ड एन्ड कन्ट्रोल सेन्टर ध्वस्त भएको दाबी गरेको छ ।
तर कतारको रक्षा मन्त्रालयले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले कतारतर्फ प्रहार गरिएका मिसाइलहरूलाई बीचमै अवरोध गरी नष्ट गरेको जनाएको छ ।
इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडामाथि पनि विस्फोटक ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ । इरानका अनुसार कुवेतमा रहेको अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली, हतियार भण्डारण केन्द्र र राडार स्थललाई निशाना बनाइएको छ । त्यस्तै बहराइनमा अमेरिकी सञ्चार प्रणाली र राडार केन्द्रमा पनि ड्रोन आक्रमण गरिएको दाबी गरिएको छ ।
यसैबीच, कुवेती सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका ‘शत्रुतापूर्ण हवाई लक्ष्य’लाई रोक्न प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ । सेनाले विस्फोटका आवाज आफ्नै प्रतिरक्षा प्रणालीले लक्ष्य नष्ट गर्दा आएको स्पष्ट पार्दै नागरिकलाई सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ ।
आईआरजीसीले ओमानको डुक्म बन्दरगाहमा रहेको अमेरिकी विमानवाहक युद्धपोतका लागि प्रयोग हुने रसद तथा इन्धन आपूर्ति केन्द्रमा पनि भारी र आकस्मिक आक्रमण गरी ती संरचना ध्वस्त पारेको दाबी गरेको छ । इरानले यसलाई अमेरिकाको बमबारीविरुद्धको तेस्रो चरणको प्रतिशोधात्मक कारबाही भनेको छ ।
इरानले खाडी क्षेत्रका केही अरब राष्ट्रहरूले अमेरिकालाई सैन्य सहयोग उपलब्ध गराइरहेको आरोप लगाउँदै आफूले ती देशका सर्वसाधारणलाई नभई अमेरिकी सैन्य संरचनालाई मात्र निशाना बनाएको जनाएको छ । साथै, हर्मुज जलडमरू बन्द गरिसकेको दोहो¥याउँदै इरानको स्वीकृतिबिना त्यहाँबाट आवतजावत गर्ने जहाजलाई आफ्नो हितविपरीत गतिविधि मानिने चेतावनी दिएको छ ।
आईआरजीसीले हर्मुज जलडमरूमध्यमा अर्को उल्लंघनकारी जहाजमाथि पनि आक्रमण गरी रोकेको दाबी गरेको छ । अमेरिका र इजरायलबाट हुने आक्रमण जारी रहे अझ विनाशकारी जवाफ दिइने चेतावनी पनि इरानले दिएको छ ।
उता अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)ले साइप्रसको झण्डा बोकेको जहाजमाथि इरानले गरेको आक्रमणको जवाफस्वरूप यस साता इरानमाथि तेस्रो चरणको सैन्य कारबाही सम्पन्न गरेको जनाएको छ ।
सेन्टकमका अनुसार पछिल्लो आक्रमणमा इरानका करिब १४० सैन्य लक्ष्यमा प्रहार गरिएको छ । ती लक्ष्यमा मिसाइल र ड्रोन प्रक्षेपण स्थल, नौसैनिक क्षमता, हतियार भण्डारण केन्द्र, सञ्चार सञ्जाल तथा तटीय निगरानी केन्द्रहरू रहेका छन् ।
अमेरिकाले यस साता तीन दिनको अवधिमा ३०० भन्दा बढी लक्ष्यमा आक्रमण गरी हर्मुज जलडमरु हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि आक्रमण गर्ने इरानको क्षमता कमजोर बनाउने प्रयास गरिएको जनाएको छ ।
सेन्टकमले मे महिनाको शुरूदेखि अमेरिकी सेनाले करिब ८०० व्यापारिक जहाजलाई सुरक्षित रूपमा हर्मुज जलडमरू पार गराउन सहयोग गरेको र ती जहाजबाट करिब ४० करोड ब्यारेल तेल ढुवानी भएको दाबी गरेको छ ।
– अन्तराष्टिय न्यूज ऐजेन्सीहरुको सहयोगमा
गाईघाट(उदयपुर), – परदेशीएका दयालु मनका धनीले उदयपुरको त्रियुगा नगरपालिका–७ तिलबारीकी ७६ वर्षीया दलमाया रिखाम मगरलाई दसैँमा नयाँ घर उपहार दिएका छन
काठमाण्डौ, – अमेरिकाद्वारा आफ्ना दक्षिणी बंदरगाहहरूमा लगाइएको समुद्री नाकाबन्दी जारी रहेमा त्यसले विश्वभरको ऊर्जा तथा तेल आपूर्तिमा गम्भीर असर
काठमाण्डौ ,– इरानमा पक्राउ परेका उदयपुरको गाईघाटका नेपाली युवक अमृत झाको रिहाइ प्रक्रिया जारी छ । स्थानीय अदालतबाट रिहा आदेश पाएपछि उनको प्रक्रिया
प्रतिकृया दिनुहोस