काठमाडौं , – चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको ट्युमरको शल्यक्रिया गरेको हो । अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
उनको मस्तिष्कबाट निकालिएको ट्युमर कस्तो प्रकृतिको हो (क्यान्सरयुक्त हो वा होइन) भन्ने पत्ता लगाउन परीक्षणका लागि प्रयोगशाला (बायोप्सी) मा पठाइएको छ । बायोप्सीको रिपोर्ट आउन भने बाँकी रहेको चिकित्सकहरूले जनाएका छन् ।
नेपाली कला क्षेत्रमा दशकौँदेखि सक्रिय दीपाश्री निरौला कुशल अभिनयसँगै सुपरहिट चलचित्रहरूको सफल निर्देशनका लागि चिनिन्छिन् ।
काठमाडौं– मोडल दिपाशा बिसी ‘जलपरी’ ले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । उडुस मार्ने औषधि
यसबर्षको दशैं र तिहारलाई लक्षित गरी गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको ‘आउँछु घर दशैंमा’ सार्वजनिक भएको छ। भण्डारीकै शब्द तथा
दिक्तेल– खोटाङको दिक्तेलमा १४ देशका ४० कलाकार जम्मा भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने
प्रतिकृया दिनुहोस