Skip This
सोमबार, कार्तिक ३, २०८३

देवानगञ्ज गोलीकाण्डका घाइते अर्का युवकको मृत्यु

एकको अवस्था गम्भीर

विराटनगर, – सुनसरीको देवानगञ्ज गाउँपालिका – ३ मा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको मृत्यु भएको छ । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज ३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो ।
जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । सोमबार उनको शल्यक्रिया गरीएको थियो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचाररत अवस्थामै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मेहतालाई बिहिबार अपरान्ह चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । देबानगञ्जका स्थानीयले भने यसअघि नै उनको मृत्यु भइसकेको बताउँदै आएका थिए ।
देबानगञ्ज घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
आइतवार राति गोली लागेर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोहि राति निधन भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल पु¥याउनसाथ आइतबार राति १०ः४० बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएका थिए । दुबै जनाको शव अहिलेसम्म अस्पतालमै छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुरको सुर्केमा बस दुर्घटना एकको १५ यात्रु घाईते

  • २९ असोज, २०८३

गाईघाट(उदयपुर), – काठमाण्डौंबाट धरानकालागि जादै गरेको वस उदयपुरको त्रियुगा नगरपालिका – ७ कालिखोला सुर्केमा दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । १५

रास्वपाका सुरूङ्गा नगर सभापति लागूऔषध मुद्दामा पक्राउ

  • २८ असोज, २०८३

लहान(सिरहा), – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन । इलाका प्रहरी

भोजपुर नगरपालिका उपप्रमुख र वडाध्यक्षको राजीनामा

  • २३ असोज, २०८३

विराटनगर  – भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा र ८ नम्वर वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीना दिएका छन । दुवै जनप्रतिनिधिले भिडियो

↑