Skip This
सोमबार, कार्तिक ३, २०८३

सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ युवक  पक्राउ

लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले लहान नगरपालिका –२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दासलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जना मंगलबार राति करिब साढे १० बजे फुलबारीबाट आउँदै थिए । प्रहरी चौकी सितापुरबाट प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले शंका लागेपछि चेकजाँच गर्दा पेस्तोल भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो । पेस्तोल र म्याग्जीन साबरजित दासको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी चौकी सितापुरबाट इलाका प्रहरी कार्यालय लहान ल्याइएको छ । बरामद गरिएको पेस्तोल र म्याग्जिनको स्रोत, प्रयोगको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले वताए ।


प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ

  • ११ असार, २०८३

विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न

१७ किलो गाँजासहित उदयपुरमा एक युवक पक्राउ, चालक फरार

  • ६ असार, २०८३

गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट

कोशी प्रदेश सरकारले ४० अर्ब ४४ करोड बजेट ल्यायो 

  • १ असार, २०८३

विराटनगर, – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा

↑