Skip This
मंगलबार, कार्तिक ४, २०८३

काँग्रेस नेता शेखरले कोइराला निवास मर्मतकालागि विनियोजित बजेट अस्वीकार 

२ करोड रुपैया विनियोजन

काठमाडौं,–  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम लिन अस्वीकार गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि विनियोजन गरेको २ करोड रुपैयाँ लिन अस्वीकार गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्बोधन गर्दै २० साउनमा पत्र पठाएर शेखरले कोइराला निवासको मर्मत तथा सम्भारका लागि छुट्याइएको रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।
पत्रमार्फत उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको जन्मघर संरक्षणका लागि बजेट विनियोजन गरेकोप्रति आभार व्यक्त गरेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको कोइराला निवासा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो ।
May be an illustration of text

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अगाडि बढ्यो, ४३ जिल्लामा वडा अधिवेशन सम्पन

  • ३ असोज, २०८३

  काठमाडौं, – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशनको प्रक्रिया सुरु भएको छ। महाधिवेशनको प्रारम्भिक

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो

  • २७ श्रावण, २०८३

विराटनगर,– कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीमा

आज बस्दै कांग्रेस संसदीय दलको बैठक, समसामयिक राजनीति र आगामी रणनीतिबारे छलफल हुने

  • १८ श्रावण, २०८३

काठमाडौं,  — नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ। कांग्रेस संसदीय दलको

↑