काठमाडौं,– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम लिन अस्वीकार गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि विनियोजन गरेको २ करोड रुपैयाँ लिन अस्वीकार गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्बोधन गर्दै २० साउनमा पत्र पठाएर शेखरले कोइराला निवासको मर्मत तथा सम्भारका लागि छुट्याइएको रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।
पत्रमार्फत उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको जन्मघर संरक्षणका लागि बजेट विनियोजन गरेकोप्रति आभार व्यक्त गरेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको कोइराला निवासा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो ।
गाईघाट(उदयपुर), – काठमाण्डौंबाट धरानकालागि जादै गरेको वस उदयपुरको त्रियुगा नगरपालिका – ७ कालिखोला सुर्केमा दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । १५
लहान(सिरहा), – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन । इलाका प्रहरी
विराटनगर – भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा र ८ नम्वर वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीना दिएका छन । दुवै जनप्रतिनिधिले भिडियो
प्रतिकृया दिनुहोस