Skip This
मंगलबार, कार्तिक ४, २०८३

मकवानपुर जुरिखेत जिप दुर्घटना ः घाइते एक महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं, –  मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा मगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् ।
उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप मंगलबार बिहान करिब ८ बजे जुरीखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो ।
दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, ५७ वर्षकै रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र र ३१ वर्षीया रिता घाइते भएका थिए । दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी समेत घाइते भएका छन् ।

मुख्य न्यायाधीश डाँगी र चालक चौधरीको मकवानपुरमै उपचार भइरहे पनि बडु परिवारका सदस्यहरुलाई सेनाको हेलिकप्टरबाट छाउनी अस्पताल ल्याइएको थियो ।
बिहान करिब सवा १० बजे छाउनी अस्पताल ल्याइएकोमा चिकित्सकले करिब १५ मिनेटपछि लक्ष्मीलाई मृत घोषणा गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुरको सुर्केमा बस दुर्घटना एकको १५ यात्रु घाईते

  • २९ असोज, २०८३

गाईघाट(उदयपुर), – काठमाण्डौंबाट धरानकालागि जादै गरेको वस उदयपुरको त्रियुगा नगरपालिका – ७ कालिखोला सुर्केमा दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । १५

रास्वपाका सुरूङ्गा नगर सभापति लागूऔषध मुद्दामा पक्राउ

  • २८ असोज, २०८३

लहान(सिरहा), – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन । इलाका प्रहरी

भोजपुर नगरपालिका उपप्रमुख र वडाध्यक्षको राजीनामा

  • २३ असोज, २०८३

विराटनगर  – भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा र ८ नम्वर वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीना दिएका छन । दुवै जनप्रतिनिधिले भिडियो

↑