Skip This
सोमबार, कार्तिक ३, २०८३

धारीलो हतियार प्रहार गरी श्रीमतिको हत्या 

बेल्टार(उदयपुर) – उदयपुरको चौदण्डीगढि नगरपालिका – २ डाँडागाउँमा आइतबार बिहानको राती श्रीमानले धारीलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन । 
 विहान रातीको साढे १२ बजे स्थानीय ५८ बर्षीय गन्दुराम राईले४५ वर्षीया श्रीमती बिमला राईलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । 
मादक पदार्थ सेवन गरेका गन्दुरामले  घरायसी विवादको क्रममा आफ्नै घरेलु हतिया सिकल (हँसिया) ले गर्दनमा प्रहार गरी श्रीमति बिमलालाई घाइते बनाएका थिए । 
श्रीमति घाइते बनाएका गन्दुरामभने आफैँ अस्थाई प्रहरी पोष्ट माडिबास पुगेर प्रहरीलाई जानकारी गराएका हुन । 
गन्दुरामले जानकारी गराउनासाथ उनलाई तत्काल नियन्त्रणमा लिइएको इलाक प्रहरी कार्यालय बेल्टारले जनाएको छ । 
गुन्दुरामलाई नियन्त्रणमा लिई अस्थायी प्रहरी बिट माडिबासबाट खटिएको प्रहरी टोलीले घाइते बिमलालाई उद्धार गरी उपचारको लागि नगर अस्पताल बेल्टार पठाएको थियो । 
तर उपचारको क्रममा सवाँ १ बजे बिमलाको मृत्यु भएको उपचारमा सलग्न चिकित्सकले वताए । 
हतियार प्रहार गरि श्रीमतिको हत्या गर्ने गन्दुरामलाई प्रहरी हिरासतमा राखि घटनाको अनुसन्धान  भईरहेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 तिलबारीकी दलमायालाई दसैमा नयाँ घर

  • २९ असोज, २०८३

गाईघाट(उदयपुर), – परदेशीएका दयालु मनका धनीले उदयपुरको त्रियुगा नगरपालिका–७ तिलबारीकी ७६ वर्षीया दलमाया रिखाम मगरलाई दसैँमा नयाँ घर उपहार दिएका छन

रास्वपाका सुरूङ्गा नगर सभापति लागूऔषध मुद्दामा पक्राउ

  • २८ असोज, २०८३

लहान(सिरहा), – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन । इलाका प्रहरी

भोजपुर नगरपालिका उपप्रमुख र वडाध्यक्षको राजीनामा

  • २३ असोज, २०८३

विराटनगर  – भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा र ८ नम्वर वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीना दिएका छन । दुवै जनप्रतिनिधिले भिडियो

↑