गाईघाट(उदयपुर), – परदेशीएका दयालु मनका धनीले उदयपुरको त्रियुगा नगरपालिका–७ तिलबारीकी ७६ वर्षीया दलमाया रिखाम मगरलाई दसैँमा नयाँ घर उपहार दिएका छन ।
जंगली हात्तीले घर भत्काएपछि बेसहारा बनेकी दलमायालाई वैदेशिक रोजगारीका लागि कतारमा रहेका उदयपुरे युवाहरूले घर उपहार दिएका हुन । उनीहरुले आर्थिक सहयोग जुटाएर दलमायाका लागि घर बनाइदिएका छन ।
प्रवासी सेवा समाज कतार उदयपुरको पहलमा निर्माण गरिएको एकतले टिनको छाना भएको घर बिहीबार एक कार्यक्रमबीच दलमायालाई हस्तान्तरण गरिएको हो । गएको माघमा जंगली हात्तीले उनको पुरानो घर भत्काइदिएको थियो । त्यसपछि घरविहीन बनेकी दलमायाले दसैँको मुखमा नयाँ घर पाएकी छन ।
समाजका महासचिव सञ्जीप कटुवालका अनुसार कतारमा वैदेशिक रोजगारीमा रहेका उदयपुरे युवाहरूबाट २ लाख रुपैयाँ संकलन गरेर घर निर्माण गरिएको हो । संकलित रकमबाट बजारमा खरिद गर्नुपर्ने निर्माण सामग्री ल्याइएको थियो । स्थानीयवासीले पनि काठपात, ढुंगा, गिट्टी र बालुवा सहयोग गरेका थिए ।
‘कतारमा रहेका उदयपुरे युवाहरूबाट दुई लाख रुपैयाँ संकलन ग¥यौँ । त्यसबाट आवश्यक निर्माण सामग्री किन्यौँ । स्थानीयवासीले पनि सामग्री सहयोग गर्नुभयो । सबैको सहयोगमा घर निर्माण गरेर हस्तान्तरण गर्न सफल भएका छौँ,’ कटुवालले भने ।
दलमायाले १५ वर्षअघि श्रीमान् गुमाएकी थिइन् । उनका एक छोरा भए पनि उनी काठमाडौंमा बस्दै आएका छन् । एक्लै बस्दै आएकी दलमाया एकल महिला भत्ताको रकम र आफन्तको सहयोगमा गुजारा चलाउँदै आएकी छन् । पुरानो घरसमेत हात्तीले भत्काइदिएपछि उनको बसोवास थप कष्टकर बनेको थियो ।
समाजका पूर्वअध्यक्ष होमबहादुर बस्नेतका अनुसार दलमायाको पुरानो घर थाकल र माटोले बनेको थियो । जंगली हात्तीले घर भत्काएपछि उनलाई सुरक्षित आवासको आवश्यकता परेको थियो ।
नयाँ घर पाएपछि दलमाया पनि खुसी छन् । वर्षौँदेखि अभावमा गुजारा चलाउँदै आएकी उनले अब आफ्नै सुरक्षित घरमा दसैँ मनाउन पाउने भएकी छन् ।
लहान(सिरहा), – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन । इलाका प्रहरी
विराटनगर – भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा र ८ नम्वर वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीना दिएका छन । दुवै जनप्रतिनिधिले भिडियो
बेल्टार(उदयपुर) – उदयपुरको चौदण्डीगढि नगरपालिका – २ डाँडागाउँमा आइतबार बिहानको राती श्रीमानले धारीलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन
प्रतिकृया दिनुहोस