Skip This
मंगलबार, कार्तिक ४, २०८३

 तिलबारीकी दलमायालाई दसैमा नयाँ घर

गाईघाट(उदयपुर), – परदेशीएका दयालु मनका धनीले उदयपुरको त्रियुगा नगरपालिका–७ तिलबारीकी ७६ वर्षीया दलमाया रिखाम मगरलाई दसैँमा नयाँ घर उपहार दिएका छन । 
जंगली हात्तीले घर भत्काएपछि बेसहारा बनेकी दलमायालाई  वैदेशिक रोजगारीका लागि कतारमा रहेका उदयपुरे युवाहरूले घर उपहार दिएका हुन । उनीहरुले आर्थिक सहयोग जुटाएर दलमायाका लागि घर बनाइदिएका छन । 
प्रवासी सेवा समाज कतार उदयपुरको पहलमा निर्माण गरिएको एकतले टिनको छाना भएको घर बिहीबार एक कार्यक्रमबीच दलमायालाई हस्तान्तरण गरिएको हो । गएको माघमा जंगली हात्तीले उनको पुरानो घर भत्काइदिएको थियो । त्यसपछि घरविहीन बनेकी दलमायाले दसैँको मुखमा नयाँ घर पाएकी छन ।
समाजका महासचिव सञ्जीप कटुवालका अनुसार कतारमा वैदेशिक रोजगारीमा रहेका उदयपुरे युवाहरूबाट २ लाख रुपैयाँ संकलन गरेर घर निर्माण गरिएको हो । संकलित रकमबाट बजारमा खरिद गर्नुपर्ने निर्माण सामग्री ल्याइएको थियो । स्थानीयवासीले पनि काठपात, ढुंगा, गिट्टी र बालुवा सहयोग गरेका थिए ।

‘कतारमा रहेका उदयपुरे युवाहरूबाट दुई लाख रुपैयाँ संकलन ग¥यौँ । त्यसबाट आवश्यक निर्माण सामग्री किन्यौँ । स्थानीयवासीले पनि सामग्री सहयोग गर्नुभयो । सबैको सहयोगमा घर निर्माण गरेर हस्तान्तरण गर्न सफल भएका छौँ,’ कटुवालले भने ।

दलमायाले १५ वर्षअघि श्रीमान् गुमाएकी थिइन् । उनका एक छोरा भए पनि उनी काठमाडौंमा बस्दै आएका छन् । एक्लै बस्दै आएकी दलमाया एकल महिला भत्ताको रकम र आफन्तको सहयोगमा गुजारा चलाउँदै आएकी छन् । पुरानो घरसमेत हात्तीले भत्काइदिएपछि उनको बसोवास थप कष्टकर बनेको थियो ।

समाजका पूर्वअध्यक्ष होमबहादुर बस्नेतका अनुसार दलमायाको पुरानो घर थाकल र माटोले बनेको थियो । जंगली हात्तीले घर भत्काएपछि उनलाई सुरक्षित आवासको आवश्यकता परेको थियो ।
नयाँ घर पाएपछि दलमाया पनि खुसी छन् । वर्षौँदेखि अभावमा गुजारा चलाउँदै आएकी उनले अब आफ्नै सुरक्षित घरमा दसैँ मनाउन पाउने भएकी छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रास्वपाका सुरूङ्गा नगर सभापति लागूऔषध मुद्दामा पक्राउ

  • २८ असोज, २०८३

लहान(सिरहा), – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन । इलाका प्रहरी

भोजपुर नगरपालिका उपप्रमुख र वडाध्यक्षको राजीनामा

  • २३ असोज, २०८३

विराटनगर  – भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा र ८ नम्वर वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीना दिएका छन । दुवै जनप्रतिनिधिले भिडियो

धारीलो हतियार प्रहार गरी श्रीमतिको हत्या 

  • ४ असोज, २०८३

बेल्टार(उदयपुर) – उदयपुरको चौदण्डीगढि नगरपालिका – २ डाँडागाउँमा आइतबार बिहानको राती श्रीमानले धारीलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन

↑