हिन्दु सनातनको पितृ सम्झिने यी पुण्य दिनहरूमा
कसरी नसम्झिरहन सक्छु र आमा !
तिम्रो गर्भाशयबाट झाँगिएर
पत्थरचट्टाको पातले जरा छोडे झैँ धरामा
सर्लक्क उभिएको म तिम्रो अक्षुण अवशेष जो हुँ
निभाउँदैछु निरन्तर अविभाज्य मातृ अस्तित्व
धान्दैछु सृष्टिको चक्र
तिमी र अनादिकालकी तिनै आदि जननी जस्तै
पितृ दर पितृका सन्ततिहरूमा
सार्दैछु अनुवांशिकता र सग्लो मानव जातिको इतिहास
स्वीकार्दै तमाम विश्वव्यापी द्रुत परिवर्तनहरू
छोडेर नारीलाई हेर्ने संङ्कीर्ण दृष्टिकोण
बग्न त यी धमनी र शीरामा निरन्तर
तिम्रै रक्तकोशिका बगेका छन् पुरुषमा झैँ
तर नमिल्ने मैले, तमाम पितृहरूलाई स्मरण गर्न
यती दिग्भ्रमित पार्छन् मानसपटलमा
यी संकृतिका दफा÷ऐन र धाराहरूले
लाग्छ नारी भएर यो सब सोच्नु पनि दण्डित छ
नारी एक कुपात्र र श्रापको पर्याय हो
खै के का लागि र किन यसरी ?
जन्मदेखि मृत्यु संकार मात्र हैन
यस लोकदेखि परलोकसम्म नै जोडिएको
विशाल पर्खाल लागाइएको छ पितृसत्ताको
हो यहीँबाट छिर्न नसक्ने रहेछन् सायद
छोरीले गर्दा पितृकर्महरू, सुकर्महरू
हो त्यही पर्खालले किचिएको छ नारी अस्तित्व
त्यसैले ढाकिएका छन् उन्नत नारी मुनाहरू
उतिकै प्रताडित छ अबोध बालक संकारका बोझहरूबाट
न चिर्न मान्छ अध्यात्मवादधारी पितृसत्ताको अभिमानले
न चिर्न सक्यो विद्वानहरूको भौतिकवादी संविधानले
फेरि फर्कन पाए पनि हुन्थ्यो बरु !
प्राकृतिक जीवनशैली र आदिम सभ्यताको त्यही प्रारब्धमा
जहाँबाट संस्कृतिको नयाँ थिति बसाल्न सकियोस्
सह अस्तित्व र समतामूलक सभ्यता थालनी गर्न सकियोस्
चाहेर हुने झैँ विधाताको विधि पनि
मृत्युपछि समेत अन्यायबाट अछुत नहुने
तमाम सनातनका पीडित नारी आत्माहरू
पाउन्नन् किन स्वर्गीय पुरुषात्माले झैँ समश्रद्धा भाव समेत ?
सम्झिएछर चल्किएको छ पवित्र भावगंगा
नअटाएर अनुभुतिका डोबिल्कामा
तिमीले नै संसार देखाएका नयनको मूहानबाट
पोख्दै निरन्तर अश्रुधाराको गंगाजल
छातिमा राखेर तिम्रो अलौकिक तस्बिर
चढाउँदै छु भावनाका पुष्पपिण्ड
सृष्टिकी प्रणेतादेखि तमाम कोटी आमाहरूमा
सधैं सधैं र यी पुण्य दिनहरूमा अझ धेरै
हार्दिक हार्दिक श्रद्धा सुमन !
तथापि जिवितै छन् आशाका किरणहरू
पुनः जन्मिने सनातनका संसदहरूले
आफ्नी जननीलाई विभेद र उपहास गर्ने
सनातन ऐनका दफाहरू संशोधन गर्नेछन्÷खारेज गर्नेछन्
कर्मकाण्ड र अन्य सबै असल काण्डहरूमा
संस्कार र संस्कृतिका सही व्याख्याताहरू नियुक्ति गर्नेछन्
र सुरु गर्नेछन् , पूर्वीय संकृतिको एक अनुपम यात्रा
सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ आइतबार युट्युबमार्फत सार्वजनिक गरिएकोछ। नेपाली मौलिकतालाई समेटेर तयार गरिएको
प्रिय घाम , कहिलेकाहीँ त तिमी रिसाएर चर्किएको राम्रो ! जब तिम्रा रापिला किरण मेरा उन्नत लहरमा पर्छन् वाष्पित् भई तानिन्छु तिमीतिरै जति
दुई जोर नयनले एकैसाथ चिहाएको स्वर्णिम अन्तु सम्झिँदै नियाल्दा हुन् नयन तिम्रा यो पूर्वी प्रभातको झिसमिसेमा रेगिस्तानको वाफिलो क्षितिज चुहिएर
प्रतिकृया दिनुहोस