Skip This
मंगलबार, कार्तिक ४, २०८३

कविता– ‘प्रिय परदेशी’

दुई जोर नयनले एकैसाथ चिहाएको
स्वर्णिम अन्तु सम्झिँदै 
नियाल्दा हुन् नयन तिम्रा
यो पूर्वी प्रभातको झिसमिसेमा
रेगिस्तानको वाफिलो क्षितिज

चुहिएर कोहिनुर तिनपातेमा टप्किएझैँ
कलिलो प्रकाशको झल्झलाकार 
कहाँ हुँदो हो है ! 
शीतले ढाडिएका क्याक्टसका चापटहरूमा !
बालुवा तताउन खसेको चरक्क घाम
सबेरै तर्साउँदो हो 
सम्भाव्य मध्यान्हको भुपट्टले
 
हिमनदीको पानीमा पौडेका 
तिम्रा शीतल पाउहरू
कत्ती अतालिँदा हुन् 
त्यो रापिलो निर्जीव भुतलमा 
‘प्रिय परदेशी’

कैयन समुद्रपार बालुवा र इटका घना सहरमा 
सूर्याेदयको निकै अघि
आँखा मिच्दै विस्तरा छोडेका तिमी 
रातका केही प्रहर घर्केपछि 
पुनः त्यहीँ बिसाउन पुग्छौ 
थकानको पिण्ड बनेको आफ्नै काया

यसरी भड्किएको छ सुर्यसँगको मेल तिम्रो
लाग्छ दुनियाँ जाग्नु अघि 
प्रस्थान गर्छाै तिमी पाताल लोक 
र बोकेर कलिलो सुर्य, आफ्ना बलिष्ठ वाहुमा
पु-याउन जान्छौ प..रैसम्म 
जहाँसम्म भेट्दैनौ चाँदनी !
तिमीले पहिलो पाइला टेकेको यो धराबाट नियाल्दै छु प्रभाकर र शशी लिला 
तर सकिन खुट्याउन
‘प्रिय परदेशी’
तिमी सुर्य पु-याउन जान्छौ कि चन्द्रमा ल्याउन?

बालुवाको विराटतामा देखिने
मिराजको नदी जस्तै भयौ तिमी
जति भेट्न खोज्छु, बग्छौ छली छली 
त्यसरी नै टाढिदैछन्, प्रिय रहरहरू !
मृगतृष्णा भएका छन् 
जिन्दगीका प्यासहरू
म कङ्गारु पनि त हैन !
बुझेर आउ रहर 
साथमा बिताउँ 
बैँसालु केही प्रहर
‘प्रिय परदेशी’
फर्केर आउ घर !

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सञ्चारकर्मी वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक

  • ११ भदौ, २०८०

सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ आइतबार  युट्युबमार्फत सार्वजनिक गरिएकोछ।  नेपाली मौलिकतालाई समेटेर तयार गरिएको

घामपानी

  • ९ मङ्सिर, २०७८

प्रिय घाम , कहिलेकाहीँ त तिमी रिसाएर चर्किएको राम्रो  ! जब तिम्रा रापिला किरण मेरा उन्नत लहरमा पर्छन्  वाष्पित् भई तानिन्छु तिमीतिरै जति

सनातन र नारी अस्तित्व ! 

  • १० कार्तिक, २०७८

हिन्दु सनातनको पितृ सम्झिने यी पुण्य दिनहरूमा   कसरी नसम्झिरहन सक्छु र आमा !  तिम्रो गर्भाशयबाट झाँगिएर  पत्थरचट्टाको पातले जरा छोडे झैँ

↑