वलिउड अभिनेता आमिर खानले तीन महिनाअघि श्रीमती किरण रावसँग सम्वन्ध विच्छेद गरे । फिल्ममेकर किरण आमिरले सार्वजनिक रुपमै सम्बन्ध–विच्छेद गरेको सूचना दिए। किरण अमिरकी दोस्रो श्रीमती थिइन्।
सन् २००५ मा वैवाहिक सम्बन्धमा बाँधिएका उनीहरु बलिउडमा रुचाइने जोडीमध्ये पर्थे। सम्बन्ध–विच्छेद पछि पनि छोरा आजादका लागि भने उनिहरुले सँगै समय मिलाइरहेका छन्।
यतिबेला सामाजिक सञ्जालमा आमिरको तेस्रो बिहेबारे चर्चा सुरु हुन थालेको छ। आमिरका प्रशंसकहरु उनले आफ्नो तेस्रो बिहेको घोषणा गर्ने प्रतिक्षामा छन्। सामाजिक सञ्जालमा हल्ला फैलिएअनुसार आमिरले आफ्नो बिहेको घोषणा उनको नयाँ फिल्म ‘लाल सिंह चड्डा’को रिलिजपछि गर्नेछन्। फिल्मबाट कसैको ध्यान नहटोस् र बक्स अफिसमा फिल्मबारे आउन सक्ने आलोचना वा विवाद रोक्न उनले बिहेको कुरा अलिपछि ल्याउने अनुमान छ।
यतिमात्रै होइन, आमिरले पहिले फिल्ममा सँगै अभिनय गरेको आफ्नै सहकर्मी अभिनेत्रीसँग तेस्रो बिहे गर्ने चर्को हल्ला छ। उनको र किरणको सम्बन्ध–विच्छेदपछि सामाजिक सञ्जालमा आमिरको फिल्म ‘दंगल’की अभिनेत्री फातिमा साना शैखको नाम ट्रेन्डिङमा आएको थियो। प्रशंसकहरुले फातिमाकै कारण आमिर र किरण छुटिएको हुन सक्ने अनुमान लगाएका थिए।
फातिमा र आमिर एकअर्कासँग निकै नजिक छन्। दंगल फिल्ममा फातिमाले आमिरको छोरीको भूमिका खेलेकी थिइन्। आमिर उनलाई राम्रो अभिनेत्रीमध्ये मान्छन् र यता फातिमा भने आमिरलाई आफ्नो गुरु मान्छिन्। उनीहरुले ‘ठग्स अफ हिन्दुस्तान’ फिल्ममा पनि सँगै अभिनय गरेका थिए।
काठमाडौं , – चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि
काठमाडौं– मोडल दिपाशा बिसी ‘जलपरी’ ले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । उडुस मार्ने औषधि
यसबर्षको दशैं र तिहारलाई लक्षित गरी गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको ‘आउँछु घर दशैंमा’ सार्वजनिक भएको छ। भण्डारीकै शब्द तथा
प्रतिकृया दिनुहोस