Skip This
सोमबार, कार्तिक ३, २०८३

जागिर दिने वहानामा ५४ जनालाई ठगी गरेको आरोपमा सुपरभाईजर पक्राउ

चितवन– जागिरको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक सेक्युरिटी कम्पनीका सुपरभाईजरलाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी नेपाल सेक्युरिटी प्रालिका सुपरभाइजर चितवनको भरतपुर–१२ का राजबहादुर घिमिरे क्षत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

क्षेत्रीले भरतपुर अस्पतालमा सुरक्षा गार्डको जागिर लगाइदिने भन्दै ५४ जनासँग प्रतिव्यक्ति ३ सयदेखि १० हजार रुपैयाँसम्म असुलेको पाईएको छ। रकम लिएको उनले स्विकारेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले कारबाही अघि बढाएपछि घिमिरेले ३६ जनाको रकम फिर्ता गरेका छन् ।

क्षत्री विरुद्ध पीडितहरूको प्रशासनमा उजुरी दिएका थिए । मंसिर १० मा प्रशासन कार्यालयमा भएको छलफलमा राजबहादुरले रकम उठाएको स्विकारेका थिए । 

पोसाकका लागि पाँच हजार र सुरक्षा गार्डको तालिम लिएको व्यहोराको प्रमाणपत्रका लागि थप तीन हजार रुपैयाँ लिने गरेको उनले बताएका थिए । तर रकम उठाए पनि प्रमाणपत्र या पोसाक केही नदिने गरेको र अन्य बहानामा थप रकम उठाउने गरेको पीडितहरूको भनाइ छ । जागिर दिए पनि दुई–चार महिनापछि हटाएर अर्कालाई राख्ने गरेपछि पीडितहरूले प्रशासन गुहारेका हुन ।

भरतपुर अस्पतालले सुरक्षा गार्डर्हरू खुकुरी नेपाल सेक्युरिटी प्रालिबाट ल्याउने गरी ठेक्का सम्झौता गरेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ युवक  पक्राउ

  • २० श्रावण, २०८३

लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ

  • ११ असार, २०८३

विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न

१७ किलो गाँजासहित उदयपुरमा एक युवक पक्राउ, चालक फरार

  • ६ असार, २०८३

गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट

↑