धरान– धरानमा सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ हुने भएको छ। फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
एसईई उत्तिर्ण गरेकादेखि कक्षा १२ अध्ययन गर्दै गरेका धरानका किशोरीहरुलाई सहभागी गराइने यो प्रतियोगिता यसै वर्षदेखि सुरु गर्न लागिएको हो ।
मिस धरान २०२२ को आवेदन खुल्ला गरिएको छ। अनलाइनसँगै एसएमएसबाट समेत आवेदन दिन सकिने ब्ल्याक पिग इन्टरटेनमेन्टका निर्देशक हरिहाङ्ग तिगेलाले वताए । मिस धरानको अफिसियल फेसबुक पेजमा रहेको अनलाइन फर्म अथवा मोबाइलको म्यासेज बक्समा गई एमडी स्पेस सहभागीको नाम, उचाई, उमेर, ठेगाना र शिक्षा टाइप गरी ३३००१ मा पठाउन सकिने उनले वताए। आवेदन फर्म निःशुल्क गरिएको छ।
असार दोस्रो साता मिस धरान २०२२ को अडिसन सुरु हुनेछ । अडिसनबाट छानिएका प्रतियोगीहरुलाई २० दिन व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका विषयमा प्रशिक्षण दिइने छ।
मिस धरान २०२२ बिजेता, फस्ट रनर अप , सेकेन्ड रनर अपसँगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब –टाइटलको उपाधि दिईने छ।
योसँगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजनकले जनाएका छन् ।
काठमाडौं , – चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि
काठमाडौं– मोडल दिपाशा बिसी ‘जलपरी’ ले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । उडुस मार्ने औषधि
यसबर्षको दशैं र तिहारलाई लक्षित गरी गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको ‘आउँछु घर दशैंमा’ सार्वजनिक भएको छ। भण्डारीकै शब्द तथा
प्रतिकृया दिनुहोस