त्रियुगा नगरपालिका–१२ स्थित तीनतले उदयपुर संगीत केन्द्र खुलेपछि अहिले स्थानीयहरुमा संगित प्रतिको मोह बढेको छ। बालबालिकादेखि वयस्कसम्म संगीत केन्द्रमा संगीत सिक्न धाउन थालेका छन्।
सगरमाथा बोडिङ स्कुलको कक्षा २ मा अध्ययनरत सात वर्षीया बालिका इभना मगर विद्यालय समय सकिएपछि संगीत सिक्न तीनतले संगीत केन्द्रमा पुग्छिन्। संगीतप्रतिको उनको मोह आश्चर्यजनक छ। अभिभावकले पनि उनको लगावलाई देखेर संगीत विद्यालयमा भर्ना गरिदिएका छन् । उनलाई गीत गाउन र नाँच्न मन पर्छ।
सानै उमेरमा उनको मेहनत र प्रतिभा देखेर सन्तुष्ट रहेको संगीत विद्यालयका शिक्षक शैलेन्द्र खतिवडाले बताए। इभना मात्र होइन, आठ वर्षीय मिकबुङ राई, १२ वर्षीया परिधि पौडेल, १४ वर्षीया भूमिका तामाङ, ४० वर्षीय राजेश गुरागाईं, सरिता पौडेललगायतका ७० जनाभन्दा वढि बालबालिका, युवा र वयस्कहरु अहिले संगीत केन्द्रमा भर्ना भएका छन् ।
बेलुका ४ देखि ८ बजेसम्म संगीत कक्षामा व्यस्त हुन्छन्। गीत संगीतसँगै सबै जना हार्मोनियम, मादल, ढोलक, तबला, गीतारलगायतका बाद्यबाधन बजाउन पनि सिपालु रहेको शिक्षक खतिवडा बताउँछन्।

आफ्नो प्रतिभा उजागर गर्ने र सिक्नेसमेत अवसर मिलेकाले संगीत विद्यालय धाउन थालेको सरिता पौडेल बताउँछिन् । छोराछोरीको प्रतिभाप्रति अभिभावक पनि सन्तुष्ट छन्। संगीत सिक्न आएकी सविना श्रेष्ठकी आमा कल्पना श्रेष्ठ भन्छिन्, ‘फुर्सदको समय सदुपयोग र आफ्नो क्षमता अभिवृिद्ध गर्न सहज भएको छ।’ कल्पनाले छोराछोरी दुवैलाई संगीत विद्यालयमा भर्ना गरिदिएकी छन्।
चार घण्टा गीत संगीत र बाद्यबाधन बजाउन सिक्ने गरेका उनीहरूलाई अमेरिकाको सहयोगमा परिवर्तनका लागि संगीत कार्यक्रममार्फत तीनतले संगीत केन्द्र कटारीले गाईघाट शाखामार्फत निःशुल्क अध्ययन गराएको संस्थाका अध्यक्ष श्याम बस्नेतले बताए।
०७८ फागुनबाट सुरु भएको उक्त विद्यालयमा हाल ७० जना भर्ना रहेको अध्यक्ष बस्नेतले बताए।
काठमाडौं , – चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि
काठमाडौं– मोडल दिपाशा बिसी ‘जलपरी’ ले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । उडुस मार्ने औषधि
यसबर्षको दशैं र तिहारलाई लक्षित गरी गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको ‘आउँछु घर दशैंमा’ सार्वजनिक भएको छ। भण्डारीकै शब्द तथा
प्रतिकृया दिनुहोस