Skip This
मंगलबार, कार्तिक ४, २०८३

जंगलमा अप्टिकल फाईबर चुडिएपछि चार दिनदेखि संखुवासभा सञ्चार विहीन

धनकुटा– धनकुटाको जंगलमा अप्टिकल फाईबर चुडिएपछि चार दिनदेखि संखुवासभा सञ्चार सेवाविहीन भएको छ ।

धनकुटा हुँदै लगिएको अप्टिकल फाइबर चैनपुर नगरपालिकाको खराङ क्षेत्रको जंगलमा चुडिएको छ। शनिबार चुँडिएपछि त्यसको मर्मत हुन सकेको छैन।

तार मर्मत नहुँदा नेपाल टेलिकमका पोष्टपेड, प्रिपेड, ल्याण्डलाइन फोन र इन्टरनेट सेवा ठप्प छ।

सदरमुकाम खाँदबारी, तुम्लिङटार विमानस्थल, चैनपुर, भोटखोला लगायतका स्थानमा सञ्चार सेवा बन्द भएको छ।

धनकुटाबाट मर्मतका लागि आएका प्राविधिक टोलीले ४ दिन बितिसक्दा पनि सेवा सुरु गर्न सकेका छैनन् । प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण मर्मतमा समस्या भएको टेलिकमका प्रमुख प्रेम राईले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्वीकृत भयो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

  • २३ कार्तिक, २०८०

काठमाडौं– सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका स्वीकृत

यसरी सम्भव भयो साढे ६ हजार घरधुरीमा एकै पटक विजुली

  • ५ चैत, २०७८

गाईघाट– उदयपुरको उदयपुरगढी गाउँपालिका– ३ चप्लेटीका ७० बर्षीय कमलबहादुर थापामगरको मनमा ५४ बर्षदेखि गुम्सिएको अनुत्तरित जिज्ञासा अहिले आएर

चीनको सांघाईमा थियो पहिलो तिव्र गतिको रेल

  • ५ मङ्सिर, २०७८

एजेन्सी– चीनको सांघाईमा चुम्बकीय लेभिटेसन ट्रेन (म्याग्लेभ) लाइन सञ्चालनमा छ।  यो अहिलेसम्म सञ्चालनमा रहेको सबैभन्दा पुरानो व्यावसायिक

↑