Skip This
सोमबार, कार्तिक ३, २०८३

धरानमा सौन्दर्य प्रतियोगिता ‘मिस धरान ०२२’ हुने

धरान– धरानमा सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ हुने भएको छ। फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

एसईई उत्तिर्ण गरेकादेखि कक्षा १२ अध्ययन गर्दै गरेका धरानका किशोरीहरुलाई सहभागी गराइने यो प्रतियोगिता यसै वर्षदेखि सुरु गर्न लागिएको हो ।

मिस धरान २०२२ को आवेदन खुल्ला गरिएको छ। अनलाइनसँगै एसएमएसबाट समेत आवेदन दिन सकिने ब्ल्याक पिग इन्टरटेनमेन्टका निर्देशक हरिहाङ्ग तिगेलाले वताए । मिस धरानको अफिसियल फेसबुक पेजमा रहेको अनलाइन फर्म अथवा मोबाइलको म्यासेज बक्समा गई एमडी स्पेस सहभागीको नाम, उचाई, उमेर, ठेगाना र शिक्षा  टाइप गरी ३३००१  मा पठाउन सकिने उनले वताए। आवेदन फर्म निःशुल्क गरिएको छ।

असार दोस्रो साता मिस धरान २०२२ को अडिसन सुरु हुनेछ  । अडिसनबाट छानिएका प्रतियोगीहरुलाई २० दिन व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका विषयमा प्रशिक्षण दिइने छ।

मिस धरान २०२२ बिजेता, फस्ट रनर अप , सेकेन्ड रनर अपसँगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब –टाइटलको उपाधि दिईने छ।

योसँगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजनकले जनाएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया 

  • २८ असार, २०८३

काठमाडौं , – चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि

मिटरब्याजको चपेटामा परेर मोडल दिपाशा बिसीले आत्महत्या गरेको खुलासा

  • २३ कार्तिक, २०८०

काठमाडौं– मोडल दिपाशा बिसी ‘जलपरी’ ले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । उडुस मार्ने औषधि

मनोहर र मन्जुको स्वर रहेको ‘आउछु घर दशैमा’ सार्वजनिक

  • २३ असोज, २०८०

यसबर्षको दशैं र तिहारलाई लक्षित गरी गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको ‘आउँछु घर दशैंमा’ सार्वजनिक भएको छ। भण्डारीकै शब्द तथा

↑